स्तन नफाली गरिने क्यानसरको उपचार  : अन्कोपलास्टिक सर्जरी  

महिला स्वास्थ्य

२०७६ जेठ ६ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।


स्तन क्यान्सरका लक्षण

  • नदुख्ने गाँठो आएमा, 
  • स्तनको मुन्टाबाट रगत बगेमा,
  • स्तनको मुन्टा भित्र जान थालेमा,
  • छालामा निको नहुने घाउ आएमा,
  • काखीमा गाँठागुँठी आएमा,
  • स्तनको रङ परिवर्तन हुन थालेमा ।
  • सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।
     

अन्कोपलास्टिक सर्जरी भनेको के हो 

स्तनमा क्यान्सर भएको बिरामीहरुलाई गर्ने सर्जरीलाई स्तन अन्कोपलास्टिक सर्जरी भनिन्छ । यो नयाँ प्रविधी हो जुनमा स्तन नफाली क्यान्सरको उपचार गरिन्छ ।  क्यान्सर भएको भाग मात्र फ्यालेर स्तन पुरै बचाउनु लाई स्तन अन्कोपलास्टिक सर्जरी भनिन्छ । यसको अग्रिम रुप पनि हुन्छ जस्मा स्तन टिस्यु नै फ्यालेर नया स्तन बनाउन मिल्छ र यी दुइटै लाई स्तन अन्कोपलास्टिक सर्जरी भनिन्छ ।


कतिको भर पर्दो हुन्छ यो सर्जरी

पुरै स्तन फ्यालदिएर गरिने सर्जरी अथवा स्तन बचाएर गरिने सर्जरी दुवैमा फेरी क्यान्सर हुने सम्भावना बराबर नै हुन्छ । दुइटै बराबर नै प्रभावकारी छ । यति हो कि एउटामा स्तन रहन्छ भने अर्कोमा रहदैन ।

यस्को बेफाइदाहरु के के छन्

अन्कोपलास्टिक सर्जरी  गर्दा ट्यूमर निकालेर प्ररीक्षण गरिन्छ जसलाई फ्रोजन प्ररीक्षण  (Frozen section procedure) भनिन्छ। त्यसकारण २० मिनेट लामो समय अर्को अप्रेशन गर्दा लाग्ने हुन्छ । यसको बेफाइदा भनेको यती हो ।

यो कुन उमेर समुहको महिलालाई बढि हुन्छ 

अन्तर्राष्ट्रिय अध्ययन अनुसार स्तन क्यान्सर  ५० वर्ष भन्दा माथिका महिलाहरुमा देखिन्छ तर अहिलेको  यो विकासशील समाजमा  ४० देखी ४५ वर्षका महिलाहरुमा पनि स्तन क्यान्सर देखिने गरेको छ । जबकी ४० वर्ष भन्दा कम संसार भरीमा जम्मा ५ प्रतिशत मात्र छ । नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्येक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ । स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुनेछ ।


अहिलेको समयमा ३० वर्ष भनेको क्यारियर सुरु हुने समय हो र एउटा स्तन नहुदा भौतिक उपस्थितिमा धेरै मनोवैज्ञानिक समस्या हुन्छ । त्यसकारण पनि अन्कोपलास्टिक सर्जरी महत्वपुर्ण छ, अझौँ धेरै मानिसहरु लाई यस्को बारेमा जानकारी नै छैन ।

(अन्कोपलास्टिक सर्जन डा प्रफुल्ल शाक्य संगको संवादमा आधारित )

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment