ब्रान्डेड  चुरोटमा थोरै निकोटिन हुन्छ भन्नु भ्रम !

महिला स्वास्थ्य

२०७६ जेठ १२ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी.

काठमाडौं । चुरोट सेवनले हृदयाघात ४ प्रतिशतले बढाउछ  भने दमले मृत्यु हुने ८० प्रतिशत व्यक्ति चुरोट सेवन गरेकै कारण हो जसलाई १३ प्रतिशतले बढाउन मद्दत गर्छ । फक्सोको क्यान्सर लागेर मर्ने ९० प्रतिशत मानिस जिवनकालको कुनै समय चुरोट सेवन गरेकाले क्यान्सर लाग्ने सम्भावना हुन्छ ।  

 चुरोट नखाँदाको तस्बिर र तीन महिनासम्म चुरोट सेवन गरेपछिको तस्बिर तुलना गरेर हेर्ने हो भने नै त्यसको असर कति छ सजिलै अनुमान लगाउन सकिन्छ । चुरोट सेवन पश्चात मानिसको छाला डढेर कालो हुन थाल्छ । 

हरेक दिन मुटुका बिरामीको उपचार गरिरहेको हुन्छु।  मुटु चिरेर हेर्छु,  चुरोट सेवन गर्ने व्यक्तिको रक्तनलीमा असर परेर ब्लक भएको हुन्छ । रक्तनली सुकेर कक्रक्क परेको हुन्छ।

नेपालमा सूर्तिजन्य पदार्थको कर ज्यादै न्यूउन छ । चुरोट , जाडरक्सी सजिलै सँग पाउँछ । चुरोट सेवनबाट लाग्ने मुटु रोग त गरिब व्यक्तिका लागि रैछ । 

गरिब व्यक्तिले चुरोट एवं सुर्ती सेवन गरेर रोग निम्त्याइरहेका छन्। धूमपानले शरीरका अंगमा पार्ने असर धेरै छन्। धनी व्यक्तिले ब्रान्डेड भन्दै महँगो चुरोट सेवन गरेका छन्। थोरै निकोटिन हुन्छ भन्ने भ्रम उनीहरूमा परिरहेको छ। निकोटिन नभएको कुनै त्यस्तो चुरोट वा सुर्ती अहिलेसम्म बनेको छैन। सात हजार खालका केमिकल हुने भएकाले चुरोट, सुर्ती सेवनबाट दम, क्यान्सर र हृदयाघातको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको छ । 

फिल्ममा हिरोले चुरोट सेवन गराएका दृश्य समावेश गरिएको हुन्छ। यसले विशेषगरी किशोर एवं युवाहरूलाई असर गर्छ। विज्ञापन हेरेर पनि चुरोट सेवन गर्दा स्टाइल हुने रहेछ भन्ने भन्ने सोच विकास हुन सक्छ। धूमपानले स्वास्थ्यमा गम्भीर असर पर्छ। धूमपानको उपभोग जति सक्यो कसरी घटाउँदै लैजाने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ। स्वास्थ्यमा नराम्रोगरि असर  पुर्याउने सूर्तिजन्य पर्दाथको विज्ञापनमा रोक लगाउनु जरुरी देखिन्छ ।  

धूमपानमा  करको दर बढाउँदा मूल्य महँगो हुन्छ र थोरै व्यक्तिले मात्र सेवन गर्न सक्छन् यो कुरा सर्वेक्षले नै प्रस्ट पारिसकेको छ  । 

कानुन छ। तर कार्यान्वयनमा समस्या छ। सार्वजनिक स्थानमा भने चुरोट सेवन गर्नेको संख्या घटेको छ। बसमा पनि चुरोट सेवन गर्ने संख्या घटेको सुनेको छु। कानुन पनि बनाउने र त्यसको कार्यान्वयन पनि गर्नुपर्छ। सरकारले जनकपुर चुरोट कारखाना  चलाउनुहुँदैन। व्यक्ति मार्न सहयोग गर्ने उद्योग सरकारले चलाउने कुरा स्वास्थ्य एवं नैतिकताका हिसाबले पनि मिल्दैन।

चुरोट तथा सूर्ती सेवन गर्ने व्यक्तिको लत छुटाउन सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ। चुरोट एवं सुर्ती सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपबाटै बहिष्कार गरौं ।

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment