संगीत र स्वास्थ्यबीच अनौठो सम्बन्ध: विश्व संगित दिवस

महिला स्वास्थ्य

२०७६ असार ६ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

गीत–संगीत जनजीवनको अभिन्न अंश भएको छ । चाहे पनि नचाहे पनि हरेक घरमा श्रव्य र दृश्य रूपमा गीत भित्रिन्छन् । लोक, आधुनिक, पप, हेभिमेटल, र्‍यापजस्ता रूपमा मानव मनका भाव बोकेर गीत–संगीत रेडियो, टेलिभिजन, इन्टरनेट लगायतका माध्यमबाट घन्किन्छन् । बाल, किशोर, युवा, वयस्क वा वृद्ध सबै आआफ्नै जानी–नजानी गीत–संगीतमा डुबेकै छन् ।

संगीत र स्वास्थ्यबीच अनौठो सम्बन्ध रहेको छ । संगीतले गहिरो निन्द्रा लाग्ने, तनाबबाट मुक्त गर्ने, बिरामी हुने खतरा न्यून गर्ने, तौल घटाउने र तपाईँलाई ऊर्जाशिल बनाउँछ । कामको भारी हुँदा आनन्द दिने र सिर्जनशिल बनाउने साधन हो संगीत । यसले तपाईँको स्मरण शक्ति मात्र बढाउँदैन रोगबिरुद्ध लड्न सक्ने क्षमतामा समेत वृद्धि गर्छ ।

अनुसन्धानका अनुसार यसले रोगप्रतिरोधात्मक क्षमतामा सकारात्मक असर पर्छ । यसले तनाव दिने हर्मोन कम गराउँछ ।

आन्तरिक शान्ति प्रदान गर्न सहयोगीः

तपाईंको टाउकोदेखि मेरुदण्डसम्म सात ओटा प्रमुख चक्रहरु रहेका हुन्छन् ९सिधा उभिदा० । जब हाम्रो भावना सन्तुलन भन्दा बाहिर हुन्छ यी चक्रहरु पनि असंगठित हुन्छन् जसका कारण हाम्रो शरिरमा पीडा वा कुनै रोग लाग्छ । साइकोथेरापी, तनाब व्यबस्थापन तालिमकर्ता, योगा शिक्षक तथा संगीत स्रष्टा एलिसिया शेइलाहका अनुसार शरिरका सात ओटा चक्रहरुलाई स्वस्थ अवस्थामा राख्न र आन्तरिक शान्ति प्रदान गर्न संगीतको महत्वपूर्ण भूमिका हुन्छ ।

तौल घटाउन सहयोगीः

फिमेलफस्ट डट को डट युकेमा प्रकाशित एक अध्ययनमा लन्डनस्थित ब्रुनेल युनिर्भसिटीका खेल मनोविज्ञ कोस्टास कारागेरोजिसले बताए अनुसार संगीतले तपाईंको कार्यक्षमतालाई सशक्त बनाउने र परिणाम नतिजामुखी बनाउँछ । संगीतको लयबद्ध ढाँचा र तपाईंको कामको रफतार एक आपसमा मिल्छ । तौल सम्बन्धि तालिम, जगिङ, साइकलिङले जस्तै संगीतले पनि स्वस्थ मनोरन्जन प्रदान गर्छ ।

न्युरोलोजिक डिसअर्डरको उपचारः

इन्डियन मेडिकल एशोशियसनका न्युरो चिकित्सक डा जेएस काथपालका अनुसार संगीत विभिन्न किसिमका मानिसक विकार जस्तै चिन्ता, इन्सोमिना, डिप्रेसन लगायतका रोगहरुको उपचार गर्न प्रयोग गरिन्छ । यसले दिमागको कनेक्टिभीटिलाई बृद्धि गर्छ र मानिसलाई खुसी प्रदान गर्ने एक प्रकारको हर्मन नै उत्पादन गर्छ । संगीतले दिमागमा सकरात्मक प्रभाव छोड्छ । संगीतले शरिरको रक्त चापलाई नियन्त्रणमा समेत राख्छ । हिप हप म्युजिक त दिमागसँग प्रत्यक्ष सम्बन्ध हुने भएकोले सिजोफ्रेनिया र डिप्रेसनका रोगीका लागि अचुक उपाय हुने क्याम्ब्रिज युनिर्भसिटीको एक रिर्पोटमा उल्लेख छ ।

सेक्समा चरम आनन्द प्रदान गर्छः

संगीतले सेक्स वातावरणलाई अझै गरम बनाउँछ । वेसलियान युनिर्भसिटीका अनुसन्धानकर्ताहरुका अनुसार संगीतले तपाईंको चरम आनन्दलाई अझै सुःखदायी बनाउछ । संगीतले छालालाई उन्माद प्रदान गर्छ जसका कारण एउटा तीब्र अनुभव महशुस हुन्छ जसको अनुभूती शरीरभर सञ्चार हुन्छ । संगीतले कहिल्यकाहीँ पसिना निस्किने गरी सम्पूर्ण शरिरलाई नै उत्तेजित बनाउने विभिन्न अध्ययनहरुमा उल्लेख छ । तसर्थ, पश्चिमेली शैलीका रमाइला संगीत सुन्नुहोस् र यौन सुख प्राप्त गर्नुहोस् ।

निन्द्राको गुणस्तरमा सुधार ल्याउछः

जर्नल अफ एडभान्स्ड नर्सिङमा प्रकाशित एक अध्ययन अनुसार शास्त्रीय संगीत अनिन्द्राको एउटा प्रभावकारी, सस्तो र सुरक्षित उपाय बनेको छ । अनिन्द्राले तपाईको दैनिक दिनचर्यामा बाधा ल्याउनुका साथै कमजोर, थकित र निराश बनाउछ । संगीतले स्नायुसँग सम्बन्धित समस्यालाई घटाउने मात्र होइन माशंपेशीलाई आनन्द प्रदान गर्नुका साथै दिमागलाई शान्त बनाउछ । संगीतले चिन्ता, उच्च रक्तचाप, श्वासप्रश्वासको उच्च दरलाई सन्तुलन गर्नुका साथै राम्रोसँग सुत्न सहयोग प्रदान गर्छ ।


तर सुमधुर संगीत सुन्दा मात्र यी असर देखिने हुन् । चर्को, डाङडुङे र कर्कश संगीत सुन्दा तनाव थपिन्छ ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment