गर्भपतन परिवार नियोजन साधनको विकल्प होइन !!

महिला स्वास्थ्य

२०७६ असार १२ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाण्डौ। कुनै पनि गर्भवती महिलाको मन्जुरीमा कानुनले मान्यता दिए अनुसार सुचिकृत स्वास्थ्यकर्मीद्धारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।सुरक्षित गर्भपतन सम्बन्धी तालिम प्राप्त गरी नेपाल सरकारबाट सूचीकृत भएका स्वास्यकर्मीले सूचीकृत स्वास्थ्य संस्थामा मात्र यो सेवा प्रदान गर्दछन् ।

सुरक्षित गर्भपतन सेवा अन्तर्गत के के सेवाहरु उपलब्ध छन् ?

  • तालिम प्राप्त स्वास्थ्यकर्मीबाट महिलाको स्वास्थ्य जाँच ।
  • गर्भपतनका फाइदा र बेफाइदाहरु तथा गर्भपतनको प्रकृयाका बारेमा तालिम प्राप्त तथा दक्ष स्वास्थ्य कार्यकार्ताबाट परामर्श सेवा ।
  • तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गुणस्तरीय  सुरक्षित गर्भपतन सेवा तथा अन्य सेवाको लागि प्रेषणको व्यवस्था ।
  • परिवार नियोजनबारे परामर्श सेवा र साधन प्रदान ।
  • गर्भपतनपश्चात समस्या परेमा वा जानकारी चाहिएमा सो सेवा उपलब्ध छ ।

परिवार नियोजनका साधनहरुको प्रयोग किन गर्नुपर्छ ?

परिवार नियोजनका साधनहरुको सही प्रयोगले अनिच्छित गर्भ रहन दिदैन र गर्भपतन गराउनुपर्ने अवस्था आउँदैन ।
गर्भपतन गराएपछि परिवार नियोजनका साधन प्रयोग नगरी यौन सम्पर्क हुन गएमा ८ दिनभित्र महिलाले फेरी गर्भधारण गर्न सक्छिन् । त्यसैले तुरुन्तै फेरी गर्भवती नहुनको लागि सेवा प्रदायकद्धारा बताए अनुसार आफुले रोजेको परिवार नियोजनका साधनहरु सही तरिकाले प्रयोग गर्नुपर्छ ।
गर्भपतन गराइसकेपछि आमा र बच्चाको स्वास्थ्यको लागि ६ महिनासम्म पुन: गर्भवती हुनु स्वास्थ्यको लागि फाईदा हुँदैन ।

परिवार नियोजनका आधुनिक साधनहरु

  • तीन महिने सुई
  • खाने चक्की पिल्स
  • कण्डम
  • आई।यू।सी।डी
  • इम्प्लान्ट
  • मिनिल्याप
  • भ्यासेक्टोमी

सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी चाहिएमा कहाँ सम्पर्क गर्न सकिन्छ ?

सुरक्षित गर्भपतन सम्बन्धी जुनसुकै जानकारी चाहिएमा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय वा सुरक्षित गर्भपतन  सेवा प्रदान गर्ने स्वास्थ्य सम्पर्क राख्नुपर्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा कदापि लिनु हुँदैन ।

यस्तो लोगो राखिएको स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन  सेवा प्रदान गरिन्छ । गर्भ सम्बन्धी सम्पूर्ण निर्णय गर्न पाउने महिलाको प्रजनन् अधिकार हो ।

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment