जानौं ! कस्ता व्यक्तिले योग गर्ने र कुन समयमा 

महिला स्वास्थ्य

२०७६ असार १२ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं ।  योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ। तर जानौं पर्ने कुरा के छ  भने योग बारे विभिन्न किसिमका गल्त धारण छन् । सबै उमेरका व्यक्तिले गर्न सकिन्छ । 

बालबालिकाको हकमा भने ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्नसहयोग गर्छ । यस्तै वृद्धवृद्धाले पनि गर्न जरुरी हुन्छ । रोगले सिकिस्त भएको मान्छेले पनि योग गर्न जरुरी छ ।

गर्भवती महिलाले पनि योग गर्नुपर्छ । गर्भवती महिलालाई स्ट्रेस हुन्छ । विभिन्न किसिमका लक्षणहरु गर्भावस्थामा देखिन्छन् । त्यो बेलामा मनलाई शान्त पार्ने खालको प्रणायम, ध्यानहरु गर्न सकिन्छ भने पेटमा बल नपर्ने खालको हात खुट्टा चलाउने, लामो -लामो श्वास फेर्ने खालको शरीरिक अभ्यास गर्न सकिन्छ ।

योग खालीपेटमा गर्दा राम्रो मानिन्छ । यो भनेको बिहानको समय हो । कतिपय खाना पछि गर्ने आसनहरु पनि छन् । श्वासप्रश्वास सम्बन्धी प्राणायम बिहानको समयमा गर्दा राम्रो हुन्छ । योग बिहानको समयमा गर्दा दिनभरीको लागि राम्रो हुन्छ र आनन्द पनि हुँन्छ । बिहान गर्ने विभिन्न योगहरु पनि छन् । बेलुका ध्यान गर्दा राम्रो हुन्छ । आसन, प्राणायम र केही योगक्रियाहरु बिहान गर्दा राम्रो हुन्छ । 

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ।

योग गर्ने समय नभएको खण्डमा भने खाना खाएको ३ घण्टा पछि र खाना खानु भन्दा १५ देखि २० मिनेट पहिला गर्दा फाइदाजनक हुन्छ ।

योग नेपालीहरुको परम्परा जस्तै हो । पहिला योगलाई प्राथमिकता दिइएको थियो । बीचमा बेवास्ता गरियो तर अहिले अन्य राष्ट्रले पनि योगलाई महत्वका साथ हेर्न थालेपछि नेपालमा पनि योगलाई प्राथमिकता दिन थालिएको छ । 

योग गर्दा शरीरलाई हुने फाइदाहरु   


शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ । 

 शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

 मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ । 

 पाचन क्षमता बढाउँछ । 

मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment