मोटोपना घटाउन यस्तो तरिका अपनाउनुहोस्  !!

महिला स्वास्थ्य

२०७६ असार २० शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाण्डौ। मोटोपन त्यो स्थिति हो, जब अत्यधिक शारीरिक बोसो शरीरमा त्यो सीमासम्म एकत्रित हुन जान्छ जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ।

मोटोपन बढ्नुको केहि कारण छन् । एक त हाम्रो जीवनशैली पनि मोटोपन बढ्नुमा जिम्मेवार हुन्छ । अस्तव्यस्त जीवनशैलीको कारण शरीरमा बोसोको मात्रा बढ्छ । त्यस्तै जथाभावी र अनियन्त्रित खानपानले पनि मोटोपन बढ्छ । कतिपय हर्मोनल परिवर्तनको कारणले समेत शरीरमा अस्वभाविक मोटोपन बढ्ने वा घट्ने हुन्छ । यसबाहेक बंशानुगत कारणले मोटोपन बढ्ने तथ्य बाहिर आएको छ ।

मोटोपनको प्रमुख कारण अत्यधिक क्यालोरी भएका खाद्यको सेवन, शारीरिक गतिविधिहरूको अभाव, आनुवांशिकीको मिश्रण हुन सक्छ।

१। शरीरलाई आवश्यक्ताभन्दा बढी खानेकुराको सेवन

२। निस्क्रिय जीवनशैली

३। बंशानुगत कारण

४। कतिपय अवस्थामा मनोवैज्ञानिक कारणले पनि मोटोपन बढ्छ

५। गर्भावस्थामा तौल बढ्न सक्छ ।

६। केहि यस्ता औषधी हुन्छ, जसले मोटोपन बढ्छ

मोटोपन धेरै रोगहरूसित जोडिएको छ, जस्तै हृदय रोग, मधुमेह, निद्रा कालीन श्वास समस्या, धेरै प्रकारका क्यान्सर र अस्टेयोआर्थ्राइटिस ।

कसरी घटाउने तौल  ?

तौल घटाउनका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, यो सहि तरिका होइन । खानपानमा कटौती गर्दा शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । परिणमतः त्यसले रोग निम्त्याउन सक्छ ।

१। तौल घटाउनका लागि आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । खाने, वस्ने, सुत्ने समय नियमित हुनुपर्छ । शारीरिक क्रियामा जोड दिनुपर्छ । सधै सक्रिय र फुर्तिलो हुनुपर्छ ।

२। खानपानमा विशेष ध्यान दिनुपर्छ । एकै पटकमा धेरै खाना खानु हुँदैन । सकेसम्म हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । तारेको, भुटेको, मसलेदार, वोसोयुक्त खानेकुराले पनि तौल बढाउँछ ।

३। एकै स्थानमा लामो समय बस्ने, भोक लागेपछि एकैपटक धेरै खाने बानी त्याग्नुपर्छ । कार्यलयमा होस् वा घरमा, यताउता हिँड्ने, सानोतिने शारीरिक काम गर्ने गर्नुपर्छ ।

४। तौल सन्तुलित राख्ने राम्रो काइदा हो, व्यायाम । नियमित रुपमा व्यायाम, योगा गर्दा पनि तौल बढ्दैन ।

५। सकेसम्म दिनभर पैदल हिँड्ने बानी गरौं । छोटो यात्रा गर्नुपरे पनि गाडी, मोटरसाइकल चढ्ने बानी त्याग्नुपर्छ ।

६। राती खाना खानसाथ सुत्नु हुँदैन । खाना र सुत्ने समयवीच कम्तीमा तीन घण्टाको अन्तर हुनुपर्छ ।

७। टेलिभिजन हेर्दा, कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदै स्न्याक्स खाने बानी त्यागौं ।

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment