पुरुषको तुलनामा महिलाहरुलाई बढी लाग्ने ‘लुपस बाथ’

महिला स्वास्थ्य

२०७६ असार २७ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौँ I लुपस एक प्रकारको बाथ रोग हो जुन पुरुषको तुलनामा महिलाहरुलाई ९ गुना बडि हुन्छ । 

लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ, त्यतिबेला लुपस हुन थाल्छ। 

प्राय १६ देखि ४५ को महिलाहरुलाई बडि देखिन्छ तर यसो भन्दैमा अरुलाई नलाग्ने होइन । लुपस सानो बच्चा देखि बृद्धा सम्म सबैलाई लाग्न सक्छ । पुरुष र महिला दुबैलाई लाग्न सक्छ ।

लक्षणहरु :

जोर्नी दुख्ने, सुनिने,अरठ्ठ हुने
शरिरमा विभिन्न प्रकारको डाबर आउने
प्राय अनुहारको गालामा, घाममा जाँदा रातो हुने पोल्ने, चिलाउने, रातो वा निलो डाबर आउने
मुख भित्र घाउ आउने
हात खुट्टामा घाउ आउने
जोरो आउने
मृगौला समात्ने
पिसाबबाट प्रोटिन जाने
फोक्सोमा पानि जम्ने
फोक्सोमा जालि पर्ने
मुटुमा पानि जम्ने
मष्तिस्कमा समस्या हुने

उपचार :

शरीरका विभिन्न भागमा रोगले पारेको असर अनुसार रोगको उपचार गरिन्छ। यस रोगमा प्रायः हाइड्रो अक्सिक्लोरिम वा क्लोरोक्विन नामक औषधि प्रयोग गरिन्छ। लुपसका बिरामी जसको मुटु, कलेजो, मिर्गौला र नसाहरूमा असर गरेमा ग्लुकोकोटिक्सओइड्स र अन्य इम्युनसपे्ररिभ औषधि रितुक्जिम्याब जस्ता औषधि दिइन्छ।

खानपान :

यो बाथ रोगका बिरामीले कुनै पनि खानेकुरा बार्न आवश्यक छैन। तर शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक छ। चिल्लो कम भएको खाने कुरा, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थौरै मात्रामा माछा–मासु खानुपर्छ। त्यसैगरी नुक कम खाने, कोलस्ट्रोल रहेका बिरामीले कम बोसो या कम चिल्लो भएको खाना खाने र क्याल्सियम र भिटामिन डी स्टोरोइड औषधि खानुपर्छ।

ध्यान दिनुपर्ने कुराहरु :

यो रोग लागेका बिरामीले घामको किरणबाट बच्नुपर्छ। यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम लगाउने, लामो बाहुला भएको कपडा वा घाम छेक्ने गरी लगाउने।

यस्ता बिरामीलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ।   

बिरामीले सक्रिय जीवनका लागि नियमित व्यायाम गर्नुपर्छ।
                     
यो रोग लागेका धेरैजसो गर्भवती महिलाको गर्भपतन हुने गर्छ। शरीरमा एन्टिफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भए गर्भपतन हुने जोखिम बढ्छ। गर्भ बस्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ। लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ। गर्भवती अवस्थामा पनि नियमित जाँच गराइराख्नु पर्छ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ।
 

त्यसैले लुपस रोगको यो साधारण समस्या आउदा उपचार गरिएन भनि जटिलताहरु बढ्दै जान्छ र उपचार र्खच पनि त्यहि अनुसार बढ्दै जान सक्छ । समयमै उपचार नगरेको केशमा कहिले काहि विरामीको ज्यान जान पनि सक्छ । त्यसैले लुपसको विरामीले समयमै आफ्नो रोगको पहिचान गरेर डाक्टरकोमा उपचार सुरु गर्नु एक दम आवश्यक छ ।

(नेसनल बाथरोग सेन्टरकि बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी संगको कुराकानी )

समृद्धा के.सी : महिला स्वास्थ्य संम्वाददाता

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment