पिम्पल्स आउनु सामान्य हो तर कस्तो अवस्थालाई मान्ने जटिल -डा.स्मृति श्रेष्ठ 

महिला स्वास्थ्य

२०७६ श्रावण ५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

सामान्यरुपमा पिम्पल्सलाई कसरी लिने ?

पिम्पल्स भनेको एउटा किशोर अबस्थामा आउने छालाको परिर्वतन हो । यस्लाई समस्या अथवा रोग भन्न मिल्दैन । ८० देखि ८५ प्रतिशत संसारको जनसंख्यामा किशोर अवस्थामा केहि मात्र भएपनि पिम्पल्स आउछ । यो छालामा रहेको तेलको ग्रन्थि सक्रिय भए पछि  र किशोरी अवस्थामा रसायनको परिर्वतनहरु हुन्छ त्यो सँगै छालामा परिवर्तन देखिने हो । २५ वर्षका  युवायुवतिहरुको हकमा चाहि कुनै हर्मोन सँग सम्बन्धि समस्या अथवा कुनै भित्री रोगको सङकेतका कारण पिम्पल्स आउन सक्छ । 

पिम्पल्स आउनुको कारण के के हो ?

प्राकृतिक परिर्वतन

वातावरण परिर्वतन

प्रदुषण तिव्ररुपमा फैलिरहेका कारण

गाडीको धुँवा, धुलोमा नाइट्रोअक्साइड हुन्छ र विभिन्न केमिकलहरु छालामा पर्नाले पनि पिम्पल्स आउँने गर्छ

रसायनको गडबडीले गर्दा

थाइरोइडको गडबडीले गर्दा

बोसोको समस्याले गर्दा

कपालको चाँयाले गर्दा

तनाब र खानपानले गर्दा पनि पिम्पल्स आउन सक्छ

पिम्पल्स आउँनुमा खानपानको कस्तो भुमिका हुन्छ ?  

कुनै पनि मानसिक तनाबले गर्दा पनि पिम्पल्स आउछ  । जंकफूड धेरै खानाले पिम्पल्स निम्त्याउछ कि निम्त्याउदैन ५,६ वर्ष आगाडि सम्म प्रश्न चिन्न जस्तै थियो तर अहिले मेडिकल जर्नल र मेडिकल रिपोटले यो कुरा प्रमाण गरिसकेको छ कि जंक फूडमा कार्बोहाइड््रेट बढि हुन्छ जसले शरिरमा इन्सुलिनको मात्र बढाएर त्यो इन्सुलिनले तेलको ग्रन्थिहरुलाई सक्रिय गर्छ भन्ने कुरा अहिले प्रमाणित भइसकेको छ । त्यसैले जंक फूड  सकेसम्म खानु हुदैन । 

अनुहारमा पिम्पल्सको दाग बसेर  धेरैमा तनाब उत्पन्न भएको देखिन्छ  यसलाई कसरी हटाउन सकिन्छ ?

पिम्पल्सको दाग बसेको छ भने घरेलु उपचार अपनाउँनु भन्दा छालाको डाक्टरलाई देखाउनु पर्छ । डाक्टरहरु सँग निश्चित  प्रोटोकलहरु हुन्छ ।

छालाको हरेक समस्यामा स्टेप ल्याडर  ट्रिटमेन्ट हुन्छ । पहिलो चरणको साधारण दाग मात्र छ भने क्रिमहरुले पनि जान्छ  । दाग अलि बढि छ भने खाने औषधि थप्नु पर्छ र  भित्र सम्म खत बसेको छ भने  त्यस्मा पिलिङ्ग, लेजर लगायत कस्मेटिक ट्रिटमेन्टको आवश्यकता पनि पर्न सक्छ । सोहि अनुरुप पिम्पल्सको दागहरु लाई हटाउँन सकिन्छ । 

महिनावारीको समयमा बढि पिम्पल्स किन आउछ ? 

महिनावारीको समयमा  हाम्रो  स्ट्रोनज हर्मोनहरु बढने गर्छन त्यसकारण पिम्पल्स आउन सामान्य  नै हो तर,  २४,२५ वर्ष  कटे पछि भने महिनावारीको समयमा बढि आउने गर्छ जो अनुहारकोे तल्लो भागमा मात्र आउँछ । हामीले गरेको अध्ययन अनुसार ४० प्रतिशत महिलाहरुमा रसाएनको  गडबढिका कारण  पिम्पल्स देखिन्छ ।  त्यसैले २५ वर्ष कटेपछि रगत जाँच गराउनु पर्दछ ।

अनुहारको विभिन्न भागमा पिम्पल्स आउनुको कारण शरिरको भित्री रोगले गर्दा हो भनिन्छ यो कुरा कतिको सत्य हो ? 
 
पिम्पल्स अनुहारको जुनसुकै भागमा आउन सक्छ । धेरै जसो केशमा शरीरले उत्पादन गर्ने तेलको क्रियाकलापमा भर पर्छ । छालामा जुन तेलको ग्रन्थि छ त्यस्को क्रियाकलापमा भर पर्छ ।

शरीरमा कुनै रोगका कारण पिम्पल्स आउँछ भन्नु भ्रम मात्र हो ।  

पिम्पल्सलाई  कसरी रोकथाम गर्न सकिन्छ ?

डाक्टरको सल्लाहा अनुसार  साधारण क्रिमहरुको प्रयोग गर्नाले पनि पहिलो चरणको पिम्पल्स रोकथाम गन सकिन्छ । तर ठुलो ठुलो पिम्पल्स छ अथवा डल्लो घाँउहरु आइरहेको छ भने उहाँहरुको खाने औषधिहरु हुन्छ र कम्तिमा ६ देखि ९ महिना उपचार गर्नु जरुरी हुन्छ ।

नयाँ आएको पिम्पल्सलाई निर्चने, कोट्याउनु अथवा पार्लरमा गएर कालो कालो ब्लाकहेडस्लाई आफुले थिचेर निकाल्ने सकेसम्म गर्नु हुदैन् । त्यसो गर्दा दाँग बस्नुका साथै संक्रमण हुने सम्भवना पनि उतिकै हुन्छ । 
 
खानपानमा पनि उतिकै ध्यान दिनु पर्छ ।  क्रिमहरु जुनपायो त्यो प्रयोग गर्नु हुदैन र पिम्पल्सलाई निच्र्ने, कोट्याउन गर्नु हुदैन् । 

( धुलिखेल अस्पतालमा  कार्यरत , छाला तथा यौन रोग विशेषज्ञ डाक्टर स्मृति श्रेष्ठ सँगको कुराकानीमा आधारित)

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment