क्यान्सर विजयी बालबालिकाको 'र्‍याम्प सो' साउन १८ हँदै

महिला स्वास्थ्य

२०७६ श्रावण १६ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । बालबालिकामा लागेको क्यान्सर सम्बन्धमा जनचेतना फैलाउदै त्यसको रोकथाम र मनोबल उच्च बनाउने उद्देश्यका साथ क्यान्सर विजयी बालबालिकाको  र्‍याम्प  सो हुने भएको छ । 

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर एवंम अन्य केही सहयोगी संस्थाहरुको सहकार्यमा नेपाल क्यान्सर सहयोग समूहले श्रावण १८ गते शनिवारका दिन होटल हेरिटेज गार्डेनमा र्‍याम्प  सो गर्न लागेको छ ।

क्यान्सर विजेता र क्यान्सर उपाचारमा रहेका बालबालिका को मनोबल कायम गर्नु र उनीहरुले दीर्घरोगीको रुपमा केही हद
सम्म गुमाएका बाल अधिकारलाई पुनः अघिकार सम्पन्न बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेठले बताइन् । 

उनका अनुसार समाजका अन्य स्वस्थ बालबालिकाको समूहम क्यान्सर विजयी बालबालिका लाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले पनि हामी यो मनोरञ्जनात्मक र्याम सो  को आयोजना गरेका छौं । , यस कार्यक्रमको माध्यमबाट संकलन गरिने  धनराशी क्यान्सर विरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमाखर्च गरिने छ । 

यो भन्दा आगाडी पनि नेपाल क्यान्सर अस्पतालले क्यान्सर विजयीहरुको र्‍याम्प  सो गरिसकेको छ तर यो पटक भने बालबालिकाहरुको मनाृबल उच्च बनाउने तगाएर क्यान्सर सम्बन्धि समाजमा रहेको गल्त भम्रलाई चिर्ने उद्देश्यका साथ क्यान्सर विजयी बालबालिकाको र्याम सो आयोजना गर्न लागेको आयोजक टिमको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको  मान्यता अनुसार १ वर्ष देखि १९ वर्ष सम्मका बालबालिका तथा किशोर किशोरीहरुको विभिन्न अगं प्रत्यंगमा हुने क्यान्सर रोगलाई  लाग्ने क्यान्सर भनेर परिभाषित गरिएको छ ।  

विश्वमा १ करोड ९० लाख जति क्यान्सर विरामी छन् र ९० लाखको हरेक वर्षमा क्यान्सरकै कारण मृत्यु हुनेगर्छ । १ करोड ९० लाख क्यान्सरका विरामी मध्ये १० लाखको हाराहारिमा बाल क्यान्सररोगीहरु रहेको अनुमानगर्न गरिएको छ । 

प्रत्येक वर्ष ४ लाख जति नयाँ क्यान्सर रोगी थपिने गर्छन भने अमेरिका, विलायत, अष्ट्रेलिया, जापान जस्ता अत्यन्तविकसित राष्ट्रहरुमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपाचार पद्घतिको विकास भएको छ भने क्यान्सर रोग उपाचारको  उपलब्धता नभएको, जन चेतनाको कमि, विकट भौगलिकता, गरिबी, पछ्यौटेपन र समयमा उपाचारको लागि अथवा स्वास्थ्य परीक्षणको लागि बालबालिका लाई अस्पतामा पु¥याउन नसक्नाले अल्प–विकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने विश्व स्वास्थ्य संगठनले उल्लेख गररेको छ । 

नेपालको अस्पतालहरुमा क्यान्सर उपाचारका लागि ल्याइने बालबालिकाहरु मध्ये खास गरेर रगतको क्यान्सर,  लिम्फोमा क्यान्सर , ब्रेन क्यान्सर र आखाँमा हुने रेटिनोब्लास्टोमा जस्तत बाल क्यान्सर विरामीहरुको संख्या बढीरहेको नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा डाक्टर सुदिप श्रेष्ठले बताए ।  

 समयमा नै अर्थात प्रारम्भिक तहमा नै बाल क्यान्सर रोग पत्ता  लगाउन सकेमा सजिलैसंग बालक्यान्सर रोग निको  पार्न सकिने उनले भने । 

 उनका अनुसार 'नेपालमा हाल सालै क्यान्सर रजिष्ट्रेशन अर्थात क्यान्सर रोगीहरुको तथ्यांक संकलनगर्ने कार्य शुरु  भएकोले नेपालमा १० देखि ११ हजार जति बालक्यान्सर विरामी रहेको अड्कल गर्न सकिन्छ । बाल क्यान्सर रोग र वयस्कमा हुने क्यान्सर उपाचार पद्धतिमा निकै फरक रहेको  छ ।'

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment