अफ्गानिस्तानका जन्मजात हृदय रोग लागेका बालबच्चाको सिन च्याङमा शल्यक्रिया
महिला स्वास्थ्य
२०७६ श्रावण २० सोमबार

जन्मजात हृदय रोग लागेका अफ्गानिस्तानका बालबच्चाको उपचार गर्ने दोस्रो चरणको कार्यक्रम हाल चीनमा सुरू भएको छ। एक सय पचास जना जन्मजात हृदय रोग लागेका अफ्गानिस्तानी बालबच्चाले चीनको सिन च्याङमा निःशुल्क शल्यक्रियाको सुविधा पाएका छन्। गत जुलाइ ३१ तारिख पहिलो खेपका चौबीस जना बालबच्चा सिन च्याङ पुगेका थिए भने अगष्ट २ तारिख शल्यक्रिया गरिएको थियो। तीमध्ये सबैभन्दा ठूलो चौध वर्षका र सबैभन्दा सानो मात्र एक वर्षका छन्।
’महिला स्वास्थ्य