आमाको दुधमा पनि  व्यापारीकरण  डा. अरुणा उप्रेती   

महिला स्वास्थ्य

२०७६ श्रावण २१ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । अहिलेको आधुनिक समाजमा आएर स्तनपान सम्बन्धि छलफल गर्न जरुरी भएको छ  ।  पहिले हजुरआमाका पालामा स्तनपान भनेको त आमा बनिसके पछि स्वत हुने एउटा प्रक्रिया मानिन्थ्यिो । त्यसबेला अहिलेको जस्तो विवाद केहि थिएन ।  तर त्यसबेला एउटा समस्या के थियो भने आमाको पहिलो (बिगउती) केहि दिनको दुधलाई खुवाउनु हुन्न भन्ने भ्रम मात्र थियो । 

बिस्तारै आमाको दुधलाई  विस्थापित गर्ने गरी पश्चिमका देशहरुले  (अमेरीका युरोप) व्यपारीहरुले पाउडर दुध बनाउन थाले  । बिस्तारै हाम्रो देशमा पनि  शिशुलाई पाउडर दुध    खुवाउन  सुरु गरियो । त्यसपिछ  शिशुलाई डाइरीया , कुपोषण जस्ता विभिन्न खाले समस्याहरु देखिन थाले ।पश्चिमा देशहरुमा पनि बाहिरको दुध खुवाए पछि  शिशुमा धेरै खाले  समस्या देखिए त्यसपछि आमा कै दुध राम्रो हुने रहेछ भनेर विश्वभर छलफल गरियो ।  

अस्पतालबाटै  शिशुलाई बोतलको दुध खुवाउन सुरु गरिन्छ 

आज भन्दा ३२ वर्ष अगाडि म प्रसुतीगृहमा गर्दा  धेरै सुत्केरी महिलाहरुमा  दुध नआउने  समस्या देखा पर्यो  त्यो समस्यालाई  कम गर्नका लागि औषधी कम्पनिहरुले बोेतलको दुध र एक पोका  पाउडर दुध सित्तैमा बाड्न  सुरु गर्यो ।  शिशुले  बोतलको दुध खान सुरु गरे पछि आमाको दुध खान नमान्ने जस्ता समस्या देखा पर्न थाले ।  

बिस्तारै बिस्तारै बच्चालाई बाहिरको दुध खुवाउने प्रचलन  बढ्दै गयो । प्रसुतीगृहमा  शिशुलाई यसरी बोतलको दु्ध खुवाएपछि नकारात्मक असर परेको थाहा पाए लगत्तै  अस्पतालमा पाउडर दुध वितरण   बन्द गरियो ।  तर अझै कतिपपय स्वास्थ्यकर्मी र कम्पनीहरुले  शिशुलाई पाउडर दुध दिएको देखिन्छ । 

नेपालका धेरै अस्पतालहरुमा सुत्केरी अवस्था बारे सल्लाह , सुझाव दिइदैन र शिशुलाई के कसरी  स्तनपान गराउने , आमाले के खाने के नखाने सम्बन्धि  जानकारी दिइदैन । 

आमाको दुधमा पनि व्यापारी करण

बाहिरको दुधको बिगबिगिले गर्दा आमाको दुधमा पनि व्यापारीकरण गरियो ।  गाउँघरका  आमाहरु भन्दा पनि  शहर बजारका कामकाजी आमाहरुको  सुत्केरी बिदा कम हुने भएकाले  प्रयाप्त मात्रामा  शिशुलाई  स्तनपान  गराउन पाउदैनन् जसको साटो बाहिरको  दुध खुवाउनु पर्ने बाध्यताले  दुधकम्पनीको व्यापार फस्टाउदै गयो । स्तनपान गराउनु पर्छ भन्ने कुरा चाहि व्यापारीकरणले गर्दा आएको हो ।  आमाको( स्तन )दुधलाई पनि व्यापारीकरण  गरियो ।

स्तनपान गराएपछि शरीर बिग्ररिन्छ भन्ने गलत भ्रम  

कतिपय महिलाहरुमा  स्तनपान गराउदा शरीर बिग्रिन्छ , स्तन झोलिन्छ, पछि श्रीमान सँगको सम्बन्ध राम्रो हुदैन भन्ने गतल भ्रम  छ जसका कारण भेरै महिलाहरुले स्तनपान गराउँदैनन् । आमाले स्तनपान गराउदा आमाको शरीर झ्न राम्रो हुदै जान्छ र शिशुको विकासपनि उतिकै राम्रो हुन्छ । 

के कस्ता खानपानले सुत्केरी अवस्थामा  शिशुलाई आमाको दुध प्रयाप्त मात्रामा पुर्याउन सकिन्छ ? 

सुत्केरी अवस्थामा आमाले सुत्केरी मसला जसमा गुड , चाखु , घ्यू इत्यादि मिसाएर बनाएको  मसला  खाएपछि आमालाई पोष्टिकतत्व   मिल्छ । ज्वानो , दलन ,हरियो तरकारी , मासुको रस र  फलफुल  खुवाउदा पनि दुधको मात्रा बढाउन सकिन्छ ।

स्तनपान कम गराउँदा  शिशुको स्वास्थ्यमा  देखिने समस्या ?

स्तनपान कम गराउँदा  शिशुहरुमा एलर्जि , निमोनिया ,  श्वासप्रश्वास सम्बन्धि रोगहरु हुनसक्छन् ।  विभिन्न अध्ययन  अनुसन्धानले पनि आमाको दुध नखाने  शिशुहरुमा भविष्यमा मधुमेह र अन्य धेरै समस्याहरु  देखिने  देखाएको छ ।  

स्तनपान गराउदा आमाको स्वास्थ्यमा पुग्ने फाइदाहरु

 शिशुले दुध चुस्दा विभिन्न फाइदाहरु हुन्छन् जस्तैः शिशु जन्मदा फैलिएको पाठेघर बिस्तारै खुम्चिदै जान्छ र  रगत बग्ने समस्यापनि कम हुँन्छ । त्यसैगरी सुत्केरी आमाको स्वास्थ्य तङ्गग्राउँनमा  मद्दत गर्छ भने  अर्को गर्भ बस्ने सम्भावना पनि अलि कम रहन्छ । 

 हाम्रो समाजमा  शिशु  ठुलो हुन्जेल सम्म पनि स्तनपान गराउने चलन छ तर यो गलत हो । सरकारी नियम अनुसार  शिशुलाई कम्तिमा दुई वर्ष सम्म आमाको दुध  खुवाउनु  पर्छ  भनिन्छ तर पुर्ण रुपमा १ वर्ष स्तनपान गराउनु  शिशु र आमाको स्वाथ्यका लागि धेरै उत्तम मानिन्छ ।   शिशुलाई  २ वर्ष भन्दा बढि स्तनपान गराइयो भने आमा र शिशु दुबैको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

बच्चालाई प्रायाप्त मात्रामा आमाको स्तनपान गराउनलाई के गर्न सकिन्छ ?

बच्चालाई प्रायाप्त मात्रामा आमाको स्तनपान गराउनका लागि आमाको मात्र पुरा हात हुदैन घरपरिवारले पनि त्यतिकै साथ दिनु पर्छ । सुत्केरी आमालाई घरको काममा धेरै नलागाउने , पौष्टिक खानेकुरा प्रसस्त मात्रामा खुवाउनु पर्छ । त्यसै गरी स्वास्थ्यकर्मिहरुले पनि सुत्केरी आमालाई खानपान र स्तनपानका बारे बुझाउन त्यतिकै जरुरी हुन्छ ।

(जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेती सँगको कुराकानीमा आधारित )
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment