बदलिदो पिसाबको रंगले गर्छ यी रोगको संकेत 

महिला स्वास्थ्य

२०७६ श्रावण २२ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

हल्का पहेँलो

पिसाबको रंग हल्का पहेँलो छ भने स्वास्थ्य ठीक छ भन्ने संकेत हो। शरीरले राम्रो काम गरिरहेको छ भन्ने संकेत हो।

पहेँलो

शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेँलो हुन्छ। प्रशस्त पानी पिउँदा यो समस्याबाट पार पाइन्छ।

गाढा पहेँलो

अत्यधिक औषधि सेवनले पिसाबको रंग गाढा पहेँलो हुन्छ। कलेजोको समस्या भयो भने पनि पिसाब गाढा पहेँलो हुन्छ।

रातो

रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ। तर यी कुरा नखाइकनै पिसाब रातो छ भने रगत हुनसक्छ ।

सुन्तला रंग

पिसाबको समस्या समाधानका लागि लिइरहेको औषधिले पिसाबको सुन्तला रंगको बनाउँछ।

दूधजस्तो सेतो

पिसाब दूधजस्तो सेतो देखियो भने बुझ्रनुस् कि मूत्रप्रणालीमा इन्फेक्सन भयो वा पत्थरी ।

पिसाबको रंग अस्वाभाविक रूपमा बदलिए वा माथि उल्लेख भएका संकेतअनुसार शंका लागे तुरुन्त चिकित्सककहाँ पुगेर सल्लाह लिनु उचित हुन्छ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment