के हो पाठेघरमा लाग्ने टि.बी ? जसले गराउँछ निः सन्तान

महिला स्वास्थ्य

२०७६ श्रावण २४ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी

काठमाडौं । नि: सन्तानको समस्या  महिला तथा पुरुष दुबैमा बराबरी हुन्छ ।  पहिले-पहिले  नि:सन्तान हुनुमा महिलालाई मात्र दोषी मानिन्थ्यो तर त्यो गलत  धारणा हो त्यस्तो समस्या हुनुमा महिलाको ५० प्रतिशत र  पुरुषको पनि उतिकै हात रहेको हुन्छ ।

महिलामा दुई किसिमको समस्याका कारण निःसन्तान हुने गर्छ । 

१.जन्मजात नै बच्चा दानी नभएको कारण 

२.विर्य ल्याउने बाटोको ( ट्युब) बिकास नभएको कारण

 कुनैमा विर्य ल्याउने  बाटोको (ट्युब) विकास भएकै हुदैन ।  ट्युबको विकास हुदैन वा  विकास भए पनि ब्लक हुन्छ  जसलाई मेकानिकल कारण भनिन्छ  ।  भने कोहि महिलामा जन्मजात देखि नै  त्यस्ता दुई चार वटा रोगका कारणले बच्चा दानीको विकास हुदैन केवल यौनाअंगको सानो भाग मात्र रहन्छ जसलाई एम.आर.टि.एच सिन्ड्रम भनिन्छ । 

 प्रायः गरेर खानाको कमि,  कुपोषण  र अन्य केहि  संक्रमणहरुले जस्तै पाठेघरको टि.भि पनि हो । तर हामीले बुझ्दा  टि.बि भने बितिकै  छातिको मात्र सम्झिन्छौँ । नेपालमा धेरै प्रतिशत महिलामा जस्को बच्चा छैन त्यस्को मुख्य कारण मध्य टि.बि पनि  हो । त्यसैले विवाह भएको केहि समय सम्म बच्चा बनाउँन चाहदा पनि नभएको खण्डमा श्रीमान र श्रीमती दुबै जना अस्पताल गरेर जाँच गराउन जरुरी हुन्छ , जसको कमीकम्जोरी देखिन्छ त्यसको औषधी उपचार अहिले नेपालमै पूर्ण रुपमा सम्भव भईसकेको  छ ।  

 पाठेघरको टि.बि भनेको के हो ?

सामान्यतया टि.बी छातिमा हुन्छ  तर त्यसको संक्रमणले  पाठेघरको भित्री तह सम्म  असर गर्छ । वीर्य र ओभमबाट  बच्चा त बन्छ तर पाठेघर सम्म आई पुग्दा त्यसमा  टासिन सक्दैन । टासियपछि मात्र बच्चा हुने हो तर टि.बी  का कारणले बच्चा दानीको मुख्य भागलाई बाझो र सुख्खा  बनाइदिन्छ जसले गर्दा बच्चा बस्दैन् ।

छातीको टि.बि पत्ता लगाउन  सजिलो छ तर बच्चा दानिको टि.बि पत्ता लगाउन अलि गाह्रो हुन्छ  र कहिले काहि बिरामीहरुलाई  पनि थाहा हुदैन । कतिपय डाक्टरलाई पनि यो चेतना आउदैन  कि  बच्चा दानीमा टि.बि हुन सक्छ जसले गर्दा  रोगको पहिचान  ढिला हुन्छ । 

नेपालमा  टि.बी कै कारणले निः सन्तान बन्न पुगेका परिवार कति छन् भने  डाटा  संकलन गरेको छैन् तर आइ .भि .एफ सेन्टरमा ५ देखि ७ प्रतिशत महिला  टि.बी कै कारणले निःसन्तान हुने गरेका छन् । 

पाठेघरमा भएको टि.बि को उपचार विधि 

सुरुमा त रोगको पहिचान गर्नु जरुरी हुन्छ । 

पाठेघरको टि.बी पहिचान भएपछि  अल्ट्रासाउन , छातीको एक्सरे , पेटको एक्सरे ,एच.एस.डी र अहिले आधुनिक तरीकाद्धार यौनि भित्र दुर्पिन पसाएर पाठेघरको भित्रि भागको सानो मासु निकालेर पनि टि.बी को परीक्षण गर्न सकिन्छ । 

माथि उल्लेख गरेका परीक्षणबाट यदि टि.बी नै भएको हो भने नर्मली अरु टि.बी जस्तै पाठेघरको टि.बी का लागि पनि ६ देखि ९ महिना सम्म औषधी खानु पर्छ ।

 नेपालको सन्दर्भमा १० जना मध्य ६ जनामा टि.बी का बिरामी  भेटिन्छ ।  त्यसैले प्रत्येक व्यक्तिले बर्षको एक पटक छातीको एक्सरे गर्न जरुरी हुन्छ । 

अहिलेको परिवेशमा निसन्ताको उपचारमा नेपाल पनि बाह्य देश जस्तै सक्षम  बनि सकेको छ । अन्य देशहरु जस्तै नेपालमा पनि निः सन्तान के कारणले भयो भन्ने  पहिचान गरी  उपचारमा पनि सम्भव भइसकेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार 'निः सन्तान पनि एउटा रोग हो यसले शरिरीक तथा मानसिक रुपमै मानिसलाई विचलित गर्छ जसका कारणले यो रोगको पहिचान समयमै उपचार गर्न जरुरी छ । '

अहिलेको समयमा मोबाइल, इन्टरनेटले गर्दा धेरै मान्छेहरुमा चेतना आइसकेको छ कि निः सन्तान के के कारणले हुन्छ भनेर तर कतिपय  परिवारमा निः सन्तान हुनुमा महिलाको मात्र  दोष देख्ने गरिन्छ , जसले गर्दा महिलालाई दिन रात शरिरीक तथा मानसिक तनाब दिईन्छ यस्ता क्रियाकलापले गर्दा महिलाको हार्मोन प्रोडक्सन अल्ट्रा हुन्छ जसका कारण बाझोपनाको समस्या बढदै जान्छ । 

महिलाकै कारणले बच्चा भएको छैन भने पनि ती महिलालाई  प्रेम सँग  राख्यौँ भने १ २ वर्षमा असामान्य रुपमा बच्चा भएको धेरै देखिएको छ । ( स्त्रि रोग विशषेज्ञ तथा नेपालकै पहिलो ल्याप्रोस्कपी डा.ज्ञानेन्द्रमान सिंह कार्की सँगको कुराकानीमा आधारित)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment