४३ जिल्लामा ३ हजार ४ सय २५जना डेंगु संक्रमीत

महिला स्वास्थ्य

२०७६ श्रावण २६ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-भगिरथी पण्डित

काठमाडौँ । सुनसरीमा वैशाखदेखि देखापरेको डेंगुको महामारी नियन्त्रणमा आउन सकेको छैन । हालसम्म नेपालमा ४३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संक्रमीतको सख्या ३ हजार ४ सय २५ जना पुगेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 
डेंग संक्रमण देखिएको तिन महिना बितिसक्दा  डेंगु नियन्त्रणका लागी गरिएको प्रयास प्रभाबकारी हुन सकेकोे छैन । दिन प्रतिदिन डेंगु संक्रमितको सङख्या बढ्दो छ ।  
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस बर्ष प्रदेश नं १ मा संक्रमीतको सङख्या सबैभन्दा धेरै ३ हजार १ सय १५ जना भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै सुनसरीमा ३ हजार २५ जना रहेका छन् । त्यसैगरी मोरङमा ८१ जना, झापामा २९ जना, धनकुटामा ५ जना र अन्य जिल्लामा १२ जना संक्रमीत भेटिएका छन् ।  
कम सङख्यामा कर्णाली प्रदेशको सल्यान जिल्लामा १ जना मात्र संक्रमीत पहिचान भएको छ । त्यसैगरी प्रदेश नं ३ मा १२६, प्रदेश नं ५मा ९६, गण्डकी प्रदेशमा २५, प्रदेश नं र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमित भेटिएको छ । 
डेंगु संक्रमण बिगत केहि दशकदेखी विश्वभर बढ्दो छ । यो विकसित र विकासोन्मुख देशहरुमा ज्टिल जनस्वास्थ्य समस्याको रुपमा फैलिरहेको छ ।  हाल विश्वको  १२२  मुलुकमा संक्रमण पुष्टि भएको छ । विश्वभर संक्रमीतको सङख्या ३९ करोड  रहेका छन् ।  भने हालसम्म डेंगु संक्रमणकै कारण २० हजार मानिसहरुले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

संक्रमण नियन्त्रणका लागी ‘खोज तथा नष्ट’ अभियान अन्तर्गत लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गरिरहेका, सरोकारवाला व्यक्तिहरुलाई अभिमुखिकरण कार्यक्रम र सञ्चार माध्यममार्फत सचेतना दिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा . विवेक कुमार लालले बताए । 
डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार नहुदाँ लामखुटेको टोकाईबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले आफ्नो वरीपरिको वातावरण सरसफाई, व्यक्तिगत सुरक्षा, खानेपानिको उचित व्यवस्थापनमा आममानिस सचेत नभएसम्म डेंगु नियन्त्रणमा ल्याउन कठिन हुन्छ । सिमित लगानी, दक्ष जनशक्ति अभावका कारण रोगको बिस्तार भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा . सुशिलनाथ प्याकुरेलले बताए ।  
असोजसम्म बर्षा भइरहने भएकाले संक्रमण जोखिम अझै रहेको छ । डेंगु एसिड एजीप्टाई जातको लामखुटेको माध्यमबाट सर्ने रोग हो । 

लक्षण 

रगत कम  हुने । 

अत्याधिक ज्वरो आउने । 

जोर्नी तथा  शरीर दुख्ने । 

टाउको दुख्ने आँखाको नानी तथा गेडी दुख्ने । 

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने । 

मुटुको धड्कन कम हुने । 

दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने । 

शरीरका अंगहरुबाट रक्तश्राव हुने । 

रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।

एक व्यक्तिलाई जिवनकालमा चार पटक सम्म डेंगु  हुन सक्छ । डेंगु  सार्ने एडिज लामखुट्टे सफा र शुद्ध पानीमा बस्न मनपराउने हुनाले घरको सरसफाई  र पानी जम्ने ठाँउलाई निसक्रिय गराउनु पर्छ । 

बच्ने उपाय 

घरमा बस्दा वा बाहिर जादा डेंगु हुने सिजनमा लामबाउले लुगा लगाउने । 

घरपरिपरि सफापानी जम्ने ठाँउलाई निसक्रिय गराउने । 

गमलाहरुमा लामो समय सम्म पानी जम्न नदिने । 

लामखुट्टेको लार्भा खाने माछाको पालन गर्ने । 

लामखुट्टेको टोकाईबाट बच्नका लागि क्रिमको प्रयोग गर्ने । 

सुत्दा झुलको प्रयोग गर्ने । 

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment