हुम्ला : सुत्केरीको हेलिकप्टरबाट उद्धार

महिला स्वास्थ्य

२०७६ श्रावण २८ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

हुम्ला, २८ साउन । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्। बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन् । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो ।

रासस

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment