स्यानिटेरी प्याड बनाउने तालिम दिएर मनाईन बिनुले आफ्नो जन्मदिन 

महिला स्वास्थ्य

२०७६ श्रावण ३० बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । सबैका लागि आफ्नो जन्म दिन एक विषेश हुन्छ ।  

आफु जन्मेको दिनलाई उत्सव जसरी मनाउने अहिले चलन नै भइसकेको छ । आधुनिक समाजमा रेस्टुरेन्टमा गएर केक काटेर पार्टी गर्ने अनि सामाजि संन्जालमा तस्बीरहरु राख्ने होडबाजी चलेको समयमा भिन्नै सोच राख्छिन बिनु श्रेष्ठ । 

बिनु जन्म उत्सबमा खर्च हुने रकम अनाथालय , बुद्धा आश्रममा गएर खर्च गर्न रुचाउछिन । सानै उमेरबाट भिन्न सोच राख्छिन  विनु,  हुने विरुवाको चिल्लो पातको मुर्त उदाहरण हुन् । पोखरा कलेज अफ म्यानेजम्यान्टको छैठौ सेमेस्टरमा अध्ययनरत विनुले यो पटकको  जन्मदिन पारेर महिलाहरुलाई सिप मुलक स्यानिटेरी प्याड बनाउने तालिम दिएकी छिन्।

पोखरा उद्योग  वाणिज्य संघ र पखेटा नेपालको संयुक्त आयोजनामा एक्सपोज नेपाल सँग सहकार्य गर्दै पोखरामा तिन दिने स्यानिटरी प्याड बनाउँने तालिम दिएको हो ।

 बिनु भन्छिन् ' महिनावारी हुदा प्याड किन्दा धेरै पैसा  खर्च हुने गर्छ र मैले अन्य विकल्पहरु पनि खोज्न थाले ' , 'सामाजिक संन्जाल तिर अनुसन्धान पनि गरे एकदिन ज्ञानमहर्जन (PADMAN) सरको न्युज देख्दा खुशी लाग्यो र नेपालमा पनि यस्तो प्याड बनाउन सिकाइदो रैछ थाहा पाए पछि, 'अझै चासो बढ्दै गयो।'

सामाजिक संजाल फेसबुकमा ज्ञान सरलाई म्यासेज पठाए, उँहाको सकरात्मक जवाफ आउदा अझै हौसला मिल्यो, पहिले मैले प्याड बनाएर आफ्नो जन्मदिनको दिन बाड्ने सोच गरेको थिए तर पछि संस्था नै दर्ता गराए पखेटा नेपाल र महिलाहरुलाई प्याड बाड्ने मात्र होइन उनिहरु आफैलाई प्याड बनाउने तालिम पनि दिने निर्णय गरे । यसमा मेरो सहकर्मीहरु, ज्ञान सर अनि देश विदेश रहेर मलाई साथ दिनु हुने समपूर्णलाई धन्यवाद दिन्छु ।

यो संस्थालाई चाहिने रकम जम्मा गर्न हामीहरुले आर्ट एक्जीबिशन गर्ने योजना बनाएका छौ । भविष्यमा अझै धेरै महिलाहरुलाई तालिम दिने र उद्यमशिल बनाउदै अगाडी बढाउने  छौ  ।  

 हरेक महिनामा हुने महिनाचक्रमा प्रयोग गरिने प्याड किन्न अनि प्रयोग गरेपछि त्यसलाई कहा फाल्ने भन्ने पनि  समस्या छ । 

घरमै बनाएने प्याड त धोएर सुकाएपछि पुनः प्रयोग गर्न  सकिन्छ  र पैसा पनि कम खर्च हुन्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment