रुख कटहर अनुहार देखि पेट सम्मको लागि औषधीय गुण

महिला स्वास्थ्य

२०७६ भदौ २ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

 रुख कटरहर खाने सिजन चलेको छ । रुख कटहर लार्य तरकारी दखि फलफुलका रुपमा पनि खान सकिन्छ । काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फललाई फलफुल मध्य सबै  भन्दा ठुलो फलका रुपमापनि प्रयोग गरिन्छ भने यसलाई  औषधिय गुणहरुले भरिपूर्ण मान्निछ । 

कटहरमा कार्वोहाइड्रेट र भिटामिन पाइन्छ । रुख कटहरलाई काँचो हुँदा तरकारीको रुपमा पनि खाने गरिन्छ । यस्तै रुख कटहर नपाक्दै अचार र पापड पनि बनाउन सकिन्छ ।

कटहरको नियमित सेवनले निम्न रोगबाट छुटकारा दिन्छ । 

जोर्नीको दुखाइमा औषधिः कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ।

अल्सरको औषधि: कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै उपयोगी हुन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाएपछि पिँधेर चूर्ण तयार गरेर सेवन गर्दा अल्सरबाट बच्न सकिन्छ,

अनुहार र छालामा औषधि: कटहरको पातले छाला फुट्ने तथा छाला सम्बन्धि  रोग पनि ठीक पार्छ,

खाना पचाउन सहयोगीः पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा पाँचन प्रणालीमा सुधार आउँछ,

मधुमेहको औषधी: कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ,

घाँटीको रोग सञ्चोः कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट छुट्करा पाउन सकिन्छ,

कब्जियतको औषधिः कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट राहत मिन्छ ।

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment