गर्भावस्थामा किन गर्ने योगा ?

महिला स्वास्थ्य

२०७६ भदौ ९ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

गोकुल पराजुली 
कविराज निरिक्षक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

केन्द्रिय सचिव, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज 

 काठमाडौँ । हालको समयमा पुरुषसरह महिलाहरु पनि योगामा सक्रिय छन् । महिला र पुरुषको शारिरीक संरचना फरक भएकाले कुनै अवस्थामा उनिहरुले गर्ने योगा पनि फरक हुन्छ । जस्तै महिलाले महिनावारी र गर्भावस्थाको समयमा तल्लो पेटलाई असर नपर्ने सहज किसिमको सुखासन र बज्राशनमा  बसेर योगा गर्नुपर्छ ।
 
स्वस्थ्य शिशु जन्माउनका लागि गर्भवती महिला पनि स्वस्थ्य हुुनुपर्छ । अन्य अवस्थामा भन्दा गर्भवावस्थामा महिला तनावमा हुने गर्छन । उनले गर्भमा रहेको बच्चालाई असर नपर्ने गरी सुखासन र बज्राशनमा आसनमा बसेर योगा गर्न मिल्छ । गर्भवति महिलाको शारिरीक र मानसिक स्वस्थ्यको लागि यस्ता आशनमा योगा गर्नु उचित मानिन्छ । 

यस्तो अवस्थाका महिलाहरु शारिरीक रुपले एकदम कमजोर हुन्छन् । उनिहरुको शरिर एकदम कोमल र खुकुलो हुन्छ । साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले यस्तो अवस्थामा पारिवारका सदस्यले सहयोग गर्नुपर्छ । 
गर्भवती महिलाको सोच नकरात्मक तर्फ नजाओस् भन्नका लागी योगा आवश्यक हुन्छ । चिन्तन, साधना, अनुलोम बिलोम गर्नुपर्छ । हल्का किसिमका ज्वइन्ट मुबेबल गर्ने, हल्ला हिड्ने जस्ता क्रियाकलाप गर्नुपर्छ । यस्ता क्रियाकलाप गर्नाले सहज रुपमा प्रसुति हुन मद्धत पुग्छ । 
 गर्भवतीअवस्थामा ग्रामिण भेगमा महिलाहरुले गरुगों भारी बोक्ने जस्ता कार्य धेरै गर्छन् र शहरका महिलाहरु केहि पनि गर्दैनन् यो दुवै महिलाहरुलाई प्रसुतिको समयमा विभिन्न समस्याहरु आउन सक्छ । 
गर्भावस्थाको कुन समय हो त्यसलाई हेरेर चिकित्सकको सल्लाहमा योगा शिक्षकको सल्लाहमा योगा गर्नुपर्छ । गर्भावस्थाको पहिलो र अन्तिम चरणमा भु्रणले सहि स्थान प्राप्त नगरेको प्रणायम गर्न असहज हुन्छ । तर यो अवस्थाको पहिलो चरणमा खान नरुच्ने जस्ता समस्या आउँछन् । त्यसको समाधानको लागी योगा गनुपर्छ ।     
 
क्रोधबाट मुक्ति पाउन सुखासन 
युवावस्थामा विभिन्न रोगबाट ग्रसित भई डिप्रेसन र आत्महत्याको शिकार बनिरहेका छ्न । यस्ता शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन युवालाई योग साधना अत्यन्तै लाभदायक हुन्छ । योगका आसन, प्राणायाम र ध्यानले युवामा देखिने चञ्चलता हटाइदिन्छ । उनीहरू खुसी र सफल जीवन बिताउन सक्नेछ्न । नियमित योग गरेमा शरीरमा भएका विकारीय पदार्थहरू हट्दै शरीर सदा स्वस्थ, स्फूर्त, बलियो र आकर्षक देखिन्छ । यसले रिस, क्रोध हटाइ मानसिक तनावबाट पनि मुक्ति दिलाउँछ । पाचन प्रणालीलाई फाइदा र्पुयाउँछ । मधुमेह कम गराउन, मस्तिष्कसम्बन्धी रोगका लागि, शरीरमा लचिलोपन ल्याउनुका साथै अनुहारमा चमक ल्याउँछ ।
विधि 
सबैभन्दा पहिला दुवै घुँडालाई मोडेर कुर्कुचामाथि हिपलाई राखी दुवै हातलाई घुँडामाथि राखेर बस्ने । यसलाई हामी बज्राशन भन्छौँ ।
अब बिस्तारै सास तान्दै दुवै हातलाई सीधा गरी टाउकोसम्म र्पुयाउने । त्यसपछि हात र टाउकोको भाग अलिकति थोरै पछाडि लाने, छातीको भाग थोरै अगाडि ल्याउने ।
अब सास छोड्दै टाउको र दुवै हातलाई सँगसँगै अगाडि झुकाउने । यसोगर्दा टाउको र दुवै हात जमिनमा हुन्छन् भने छातीको भाग घुँडामा हुन्छ ।
यस्तो आसन पाँच या सातपटकसम्म गर्न सकिन्छ ।

सावधानी 
ढाड, कम्मरको समस्या हुनेले यस्तो आसन नगर्ने ।
उच्च रक्तचाप, दम र मुटुका रोगीले सासलाई नरोकी गर्ने ।


मस्तिष्क संतुलनको लागी अनुलोम विलोम
अनुलोम विलोम सबै उमेर समुहका मानिसहरुले गर्न सकिन्छ । अनुलोम विलोम प्राणायामले मस्तिष्क सन्तुलनमा राख्न सकिन्छ । प्राणायाम गर्दा गहिरो सास लिदाँ शुद्ध वायु हाम्रो रगतको दूषित पदार्थको बाहिर निकाल्छ । र शुद्ध रक्त शरीरको सबै अगंमा गएर पोषण प्रदान गर्छ । प्राणायाम गर्न ध्यानात्मक आसन जस्तै पदमासन गनुपर्छ । 
 
 

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment