चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी पक्राउपछि तनाव

महिला स्वास्थ्य

२०७६ भदौ २५ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

चितवन- चितवन मेडिकल कलेज (सीएमसी) मा आन्दोलनरत नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियमविपरित शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजमा जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले तोकेको अधिकतम शुल्क बाहेक पनि  विभिन्न तरीकाबाट शुल्क असुलि गरेको भन्दै कलेजका विद्यार्थीले केहीदिनयता लगातार आन्दोलन गर्दै आएका थिए । 

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुको नेतृत्व गरेका नेत्र विक्रम चन्द विप्लवका छोरा, विद्यार्थी नेता प्रकाश चन्द सहित १५ जना विद्यार्थीलाई प्रहरीले कलेजको हाताबाटै नियन्त्रणमा लिएपछि चितवन मेडिकल कलेज क्षेत्र तनावग्रस्त बनेको छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment