कालाजारका कारण रानाको मृत्यु

महिला स्वास्थ्य

२०७६ भदौ २५ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

बुटवल - पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा कालाजारबाट मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । 

युनिभर्सल मेडिकल कलेज, भैरहवामा कालाजार भएको पत्ता लागेपछि थापालाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । उनको मंगलबार लुम्बिनी  अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

कालाजार परजीवाणु ‘लैसमनिया डेनोभनी’को संक्रमणबाट हुने रोग हो । यो परजीवाणु जस्तै घरपालुवा कुकुर, घरभित्र हुने मुसा, स्याल, दुम्सी तथा लोखर्के जस्ता स्तनधारी जनावरको शरीरमा विकसित हुन्छ ।

ती जनावरलाई टोकेका ससाना भुसुनाले मानिसलाई टोकेमा त्यही टोकाइबाट कालाजारका जीवाणु मानिसमा सर्ने गर्दछ ।

यसको लक्षण अनुहार, हात, खुट्टा, पेटको आदिको छाला सुख्खा भएर देखिन्छ । यसले झाडाबान्ता र खोकी पनि लगाउँछ । कमजोरीका कारण क्षयरोग र निमोनिया पनि हुन सक्छ ।


 

महिला स्वास्थ्य

Loading...
Loading...