गृहस्ति र जागिरको चपेटामा महिलाको मानसिक स्वास्थ्य 

महिला स्वास्थ्य

२०७६ भदौ २६ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

 

काठमाडौं - नेपालमा पुरुषको तुलनामा महिलाका स्वास्थ्य समस्याहरु धेरै छन् । त्यसमध्ये महिलामा हुने मानसिक समस्या पनि एक हो । मानसिक समस्या विभिन्न कारणले हुनसक्छ जस्तै बंशानुगत कारण, धेरै कामको बोझ र तनावका कारण महिलाहरु मानसिक समस्याको शिकार भइरहेका हुन्छन् । महिलामा मानसिक समस्या हुने कारण र व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसबारे   डा . शिखा उपाध्याय सँग महिला स्वास्थ्यले गरेको कुराकानीमा आधारित 

१.महिलाकोे मानसिक स्वास्थ्य भन्नाले के बुझिन्छ ?

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को अनुसार एउटा मान्छे स्वास्थ्य हुनुको लागी शरीर मात्र स्वास्थ्य भएर हुदैँन, मानसिक रुपमा पनि स्वस्थ्य हुनुपर्छ । 
हाम्रो समाजको परिवेशलाई नियाल्दा महिलाहरुलाई कमजोर अनि सानो पिडालाई पनि ठुलो रुपमा देखाँउछन् भन्ने गरिन्छ । त्यसकारण उनिहरु आफ्नो पिडा लुकाएर राख्छन् त्यसैले उनिहरुको  स्वास्थ्यमा पहुँच कम हुन्छ ।

परिवारको रेखदेखको जिम्मेवारी महिलाको काधँमा हुन्छ । भनिन्छ  ‘महिला पुर्ण रुपमा स्वस्थ्य हुदाँ परिवार नै स्वस्थ्य हुन्छ’ । रोजगारका साथै घर सम्हाल्ने महिलामा मानसिक समस्याका रुपमा डिप्रेशन र चिन्ता (एनजाइटि)  बढि देखिन्छ । गृहस्थी र जागीरको भारले भन्दा पनि तनावका कारण यस्तो समस्या हुने गर्दछ । नेपाल जस्तो पुरुष प्रधान देशमा अझै पनि महिला पुरुष सरह हुन सकेका छैनन् । महिलाहरु चुलो चौको छोडेर बाहिर निस्केर काम गरे पनि तलबमा समानता छैन । विवाह पश्चात श्रीमान श्रीमती सँगै कामबाट आएपनि घरधन्दा जस्तै खाना बनाउने, बच्चा सम्हाल्ने भुमिका महिलाले नै निर्वाह गर्नुपर्ने हुन्छ ।  पुरुष सरह महिलाको क्षमता छ तर पनि परिवारको महत्वपुर्ण निर्णय पुरुषले नै लिने गर्दछन् । यस्ता क्रियाकलापले महिलाको मानसिक स्वास्थ्यमा असर पार्छ । 

२. महिलामा बढि मानसिक समस्या देखिनुको कारण के हो ?

महिलाले गृहस्ति र अफिस दुबै तर्फको भुमिका निभाउनु पर्ने मुख्य कारण हो ।  बंशानुगत कारणले वा तनावपुर्ण वातावरणले पनि मानसिक समस्या उत्पन्न गराउछँ । बच्चा जन्माइसकेपछि महिलाहरुमा हार्मोनहरु परिर्वतन  हुन्छ । जसका कारण पनि महिलाहरुमा विभिन्न मानसिक समस्या देखिन्छ । जस्तै कुनै महिलालाई डिप्रेशन थियो भने गर्भावस्था पछि पनि त्यो बल्झिने हुनसक्छ । 

३. घरेलु हिंसाका कारण पनि महिलाको मानसिक स्वास्थ्यमा असर पर्छ ?

महिलामा शारीरिक हिंसाका कारण मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।  सामाजीक, आर्थिक स्थिति पनि पुरुषको तुलनामा महिलाको कम छ । श्रीमानले लागुपदार्थ सेवन गर्नाले महिलाहरु हिंसामा परिरहेका छन् । जसका कारण आर्थिक हानीका साथै महिलाको मानसिक स्वास्थ्यमा पनि असर परिरहेको हुन्छ । पछिल्लो समय बलात्कारका घटनाहरु पोष्ट ट्रउमेटिक स्ट्रेश डिसअडर (पि टि एस् डि) महिलामा बढि देखिएको छ । 
कुनै महिलाको बानि व्यवहारमा परिर्वतन आएको छ । जस्तै धेरै अथवा कम खाने, धेरै नबोल्ने, धेरै आत्तिने डराउने यस्तो परिर्वतन आएको छ भने मनोचिकित्सककोमा परिक्षण गराउनुपर्छ । साथै उहाँको परामर्श अनुशरण गनुपर्छ । 

४. मानसिकरुपमा अस्वस्थ्य महिलालाई मनोचिकित्सक कँहा जानको लागी कसरी प्रोत्साहन गर्ने ?

हाम्रो समाजमा मानसिक रोग भन्ने बित्तिकै पागल नै भयो निको हुदैँन भन्ने भ्रम फैलिएको छ । यस्तो गलत बुझाई हटाउनका लागी जनचेतना फैलाउन अति आवश्यक छ । मानसिक रोगमा केहि समयसम्म औषधि खाएर निको भएपछि औषधि बन्द गर्न मिल्छ अथवा डोज घटाउन मिल्छ । 
मानसिक रोग दुई किसिमको न्युरोसिस र साइकोसिस हुन्छ । साइकोसिसमा मानिसको दिमागी सन्तुलन बिग्रको हुन्छ, तर उपचार गर्न सकिन्छ । न्युरोसिसमा डिप्रेसन , चिन्ता, पोष्ट ट्रउमेटिक स्ट्रेश डिसअडर (पि टि एस् डि), सोमटोफम डिसअडरमा जस्ता लक्षणहरु देखापर्दछन् । 

यस्तो अवस्थामा महिलाले साधारण जिवनयापन गरिरहेको हुन्छ । उनले घरायसि काम र विवाह गरेर बच्चा जन्माउन हुर्काउन पनि सक्छन् ।  यसको लागि जनचेतना फैलाउन आवश्यक छ । 

५. के  महिलाले मानसिकरुपमा अस्वस्थ भएको बेला खाएको औषधिले गर्भाधारणमा समस्या निम्त्याउँछ ? 

मानसिक रोगको औषधिले  गर्भाधारणमा कुनै पनि समस्या निम्त्याउँदैन । यदि  मानसिक समस्या भएको महिला उपचारका लागी आएमा  बच्चा जन्माउने योजनाबारे जानकारी लिइन्छ । किनभने औषधिको साइडइफेक्ट पनि हेर्नुपर्ने हुन्छ । बिरामीले सेवन गर्ने औषधिले बच्चालाई कत्तिको असर पार्छ । औषधि निरन्तर सेवन गर्ने वा नगर्ने सुरुमै  जानकारी गराउँनुपर्छ ।  
कोहि महिला डिप्रेशनको अवस्थामा गर्भवती भएमा औषधि दिने कि नदिने, औषधि खाएर भ्रुणलाई  हुने जोखिम हेर्ने कि गर्भवति र भु्रण दुबैलाई  बचाउने भन्ने  परिवारको सल्लाह अनुसार औषधि दिनुपर्छ ।   महिलालाई खाना खान मन लाग्दैन, निन्द्रा लाग्दैन, आत्महत्या गर्ने सोच र नकारात्मक सोच आउँछ भनेपछि पहिला त्यो महिलालाई हेर्नुपर्छ । त्यसपछि औषधि सेवनले हुने फाइदा  बेफाइदाबारे परिवारसँग सल्लाह गरेर मात्र निर्णय लिनुपर्छ । 

६. के गर्भपतनका कारण महिलाको  मानसिक स्वास्थ्यमा असर पर्छ ?

गर्भपतनले महिलाको स्वास्थ्यलाई असर पार्ने नपार्ने गर्भपतन गर्नुको कारणमा निर्भर हुन्छ ।  जस्तैः गर्भपतन परिवारको दबाबमा अथवा श्रीमानको दबाबमा गरिएको छ । यो कुराले महिलाको दिमागमा सकरात्मक अथवा नकारात्मक कस्तो असर परेको छ । यदि नकारात्मक असर परेको छ भने उक्त  व्यक्तिमा मानसिक तनावले समस्या  उत्पन्न गराउँन सक्छ ।  तर परिवार र आफ्नो सहमतीमा गर्भपतन गरिएको छ मानसिक समस्या  हुदैँन । 

७. महिलाको मानसिक स्वास्थ्य समस्यामा समाज र परिवारको कस्तो भूमिका हुन्छ ? 

महिलाको मानसिक स्वास्थ्यमा समाज र परिवारको ठुलो भुमिका रहेको हुन्छ ।  घरपरिवार र समाजको पनि त्यतिकै ठुलो हात रहेको हुन्छ ।  कुनै पनि मानसिक समस्या देखिएमा अथवा तनाव भएमा   खुलेर कुरा गर्न सक्ने वातावरण छ भन्ने मानसिक समस्यालाई धेरै हद सम्म कम गर्न सकिन्छ । मानसिक  समस्या देखिएमा मनोचिकित्सक कहाँ गएर परामर्श लिदाँ राम्रो हुन्छ ।  मानसिक समस्या देखिदैमा कोहि पनि पागल हुदैँन । समयमा उपचार गराउदाँ ठिक हुन्छ । मानसिक स्वास्थ्यलाई समाज र परिवारले सकारात्मक रुपमा लिई बिरामीलाई साथ दिएमा सहज रुपमा रोगबाट जोगिन सक्छन् । 
(न्युरो मनोचिकित्सक डा. उपाध्याय बिराट मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment