असुरक्षित यौन सम्पर्क र फोहोरले निम्त्याउँछ सेतो पानी बग्ने समस्या 

महिला स्वास्थ्य

२०७६ भदौ २९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-डा. सबरी साह

काठमाडौं - सेतो पानी साधारण देखि जटिल अवस्थामा बग्ने गर्दछ । प्रत्येक महिलाले प्रजनन् उमेरमा सेतो पानी बगेको अनुभुत गर्न सक्छन् । जुन महिलाको स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर प्राकृतिक अवस्थाभन्दा अत्याधिक सेतो पानी बग्नुलाई कुनै रोगको संकेत मानिन्छ । अत्याधिक सेतो पानि बग्नुलाई लिकोरिया वा स्वतप्रदर भएको मानिन्छ । 

प्रजनन् उमेरमा महिनावारीको बिचको समयमा ओभुलेसनको समयमा सेतो पानि बग्छ यसलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । महिनावारी हुनु भन्दा दुई तिन दिन अघि पनि  हल्का सेतो पानि बग्छ त्यसलाई पनि साधारण मानिन्छ । गर्भावस्थामा सामान्य अवस्थाभन्दा अलि धेरै सेतो पानि बग्छ । महिलाले लगाएको भित्री बस्त्र भिज्ने गरि बग्नसक्छ । र यौन उत्तेजना भएको समयमा पनि सेतो पानि बग्नुलाई सामान्य मानिन्छ ।  

यि अवस्था बाहेक सेतो पानि बग्छ योनाङ्ग चिलाउछँ भने त्यसलाई रोगको संकेत मान्न सकिन्छ । यस्ता रोगहरु संक्रमणजन्य र संक्रमण नहुने किसिमको हुन्छ । प्रायजसो संक्रमणजन्य फंगल इन्फेक्सन् धेरैलाई हुने गर्दछ । 

महिलाको परपुरुषसगँ अबैध सम्बन्ध छ वा एकजना भन्दा बढि पुरुषसँग यौनसम्बन्ध राख्दा यो रोग सर्न सक्छ । अत्याधिक सेतो पानि बग्नुमा महिलामात्र जिम्मेवार हुदैनन् । पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । विवाहित महिलाको श्रीमानले दैनिक रुपमा लिगं सफा नगरी यौन सम्पर्क राखेमा पनि महिलामा सेतो पानि बग्ने समस्या आउनसक्छ । महिलाको एकजनासँग मात्र यौन सम्बन्ध छ तर उसको पाटनरले अन्य महिलासँग यौन सम्बन्ध राख्यो भने उसको माध्यमबाट पनि त्यो संक्रमण सर्न सक्छ । 

दुवैजनाको अन्यत्र अबैद्य सम्बन्ध छैन तर पनि सेतो पानी बग्ने समस्या हुनसक्छ । किनभने उचित सरसफाई नगरेमा पनि यो समस्या हुने गर्दछ । महिलाको योनिमार्ग, मलद्धार र पिसाब नलिको बिचमा हुन्छ । जसको कारणले संक्रमण फैलिने सम्भावना बढि हुन्छ । कुनै पुरुषले लामो समयसम्म गुप्ताङ्गं सफा गरेन भने फंगल इन्फेक्सन् हुने सम्भावनाहरु धेरै हुन्छ । महिलाहरुले प्रयोग गर्ने बाथरुम र ट्याङकिको पानि फोहोर छ भने नुहाउने क्रममा पनि संक्रमण सर्न सक्छ । 

खानपानका कारण सेतो पानि बग्ने समस्यालाई बढावा दिने गर्दछ । बिरुद्ध आहार सेवन गर्नाले संक्रमणलाई बढावा दिन्छ । असुरक्षित क्युरेड गर्नाले सेतो पानि बग्ने समस्या हुन्छ । महिनावारी र सुत्केरी अवस्थामा सरसफाई व्यवस्थापन नगरेमा सेतो पानि बग्ने गर्दछ । विवाहित महिला हो भने महिलाले मात्र प्रजनन् अगं सरसफाई गरेर हुदैँन उसको पाटनरले पनि सरसफाई  र उपचार गराउनुपर्ने हुन्छ । उपचार गराउँदा सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । 

सेतो पानि बग्ने समस्या भएको महिलाले सम्भव भए फिटकिरी पानि र निमको पात राखेको तातोपानिले वा तातोपानिले मात्र भएपनि दैनिक २ पटक बिहान र बेलुका सफा गर्नुपर्छ । दिनमा धेरै पटक पिसाब गरेको हुन्छ त्यसैले साझँ योनाङ्ग सफा गरेर भित्री कपडा नलागाई सुत्दा आधा समस्या कम हुन्छ । 
अत्याधिक रुपमा लामो समयसम्म सेतो पानि बग्यो भने पाठेघरको मुख अस्वस्थ्य वा घाउ हुन्छ । अन्त्यमा पाठेघर फाल्नुपर्ने अवस्था आउनसक्छ । महिलाको पाठेघर प्राकृतिक सुन्दरताको लागि शरिरको रक्षाको लागि र शरिर भित्रको फोहोरको फाल्नको लागि बनाएको हुन्छ । महिनावारी हुँदा नै पाठेघर फाल्दियो भने अन्य समस्या निम्त्याउनसक्छ । त्यसैले समयमा नै उपचार र सरसफाइमा ध्यान दिनु उचित हुन्छ । यो समस्याको ऐलोप्याथिक र आयुर्वेदिक दुबै पद्धतीबाट उपचार गरिन्छ । 
(लेखक बरिष्ठ कन्सलटेन्ट, आयुर्वेद विज्ञ हुन्) 
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment