शिशुको मुख्य आहार आमाको दुध बाहेक, ताजा फलफुलको रस पनि

महिला स्वास्थ्य

२०७६ आश्विन ५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । मौसम परिर्वतनसँगै खानपान र रहनसहनमा परिर्वतन आउने गर्दछ । गर्मी मौसममा मानसिहरुले चिसो खाद्यबस्तु र चिसो पेयपर्दाथ खान बढि मनपराउछँन् । परम्परागत चिसो खाद्यपर्दाथ भन्नाले दहि महि र सिजन अनुसारका फलफुललाई बुझिन्छ । 

हाल बजारमा विभिन्न प्रकारका कृत्रिम तयारी रस तथा जुसको प्रयोगले परम्परागत चिसो खाद्यपर्दाथलाई बिस्थापित गरेको छ । बजारमा सजिलै प्राप्त हुने काट्न, छोडाउन ताछ्न झन्झट नहुने र देखावटि रबाफका कारण बालबालिकाको खाजा, पाहुनाको सत्कार, बिरामी भेट्न जादाँ, भोजभतेरमा यस्ता खाद्यपर्दाथको प्रयोग गरिन्छ ।

 कृत्रिम खाद्यपर्दाथमा स्वादको लागी र आर्कषक देखाउनको लागी विभिन्न रसायनिक पदार्थहरुको प्रयोग गरिएको हुन्छ । यस्ता वस्तुहरु खादाँ स्वाद भएपनि स्वास्थ्यका लागी नकरात्मक असर पार्छ । 

ताजा फलफुल स्वास्थ्यको लागी बढि उपयोगी हुन्छ । व्यक्ति स्वस्थ्य रहन मौसम अनुसारका फलफुल दैनिक भोजनमा समावेश गर्नुपर्छ । फलफुल शिशु देखि वृद्ध र महिलाहरुको बिशेष अवस्था गर्भावस्था र सुत्केरीका  लागी अत्यावश्यक खाद्यवस्तु मानिन्छ । 

शिशुको मुख्य आहार दुध हो । दुधपछि शिशुलाई दिइने खानामा ताजा फलफुलको रस नै खुवाउनु पर्छ । दुधमा भिटामिन सि बाहेक सबै किसिमका तत्वहरु हुने भएकाले दुधबाट नै शिशुको आहार पुर्ति हुन्छ ।  शिशुजन्मेदेखि २ वा ३ महिनाको लागी भिटामिन सि हरेक शिशुमा संरक्षित हुन्छ । त्यसपछि भने फलफुलबाट पुर्ति गर्नुपर्ने हुन्छ । ताजा फलफुल भिटामिन सि को उत्तम स्रोत हुनाले शिशुको दैनिक खानामा दुधबाहेक ताजा फलफुलको मनतातो रस समाबेश गर्नुपर्छ । फलफुलको रस प्रत्यक्ष तताउदाँ भिटामिन सि नष्ट हुने भएकाले तातो पानिको भाँडोमा डुबाएर मनतातो पार्नु उत्तम मानिन्छ । 

त्यसैगरी गर्भवति, सुत्केरी तथा र्भखर बिरामीबाट निको भएको अवस्थामा सागसब्जीकै साथै दैनिक भोजनमा फलफुल समावेश गर्नुपर्छ । दैनिक भोजनमा समावेश गरिने २५० देखि ३०० ग्राम तरकारीमध्ये ७५ देखि १०० ग्राम फलफुल हुनुपर्छ । गर्भमा रहेको भुण्रलाई थप पौष्टिकतत्व आवश्यक पर्छ । हेमोग्लोबिन बन्नका लागी आवश्यक पर्ने खनिज पदार्थ तौहतत्व शरिरमा शोषण तथा उपयोगको लागी भिटामिन सि को आवश्यक पर्ने भएकाले गर्भवतिकान लागि  ताजा फलफुल अत्यावश्यक छ ।  

फलफुल खनिज पदार्थ पोटासियमको पनि स्रोत हो । यस तत्वले शरिरमा छार पैदा गर्छ । त्यसकारण शरिरमा अम्लियपन कम गराउन पनि भोजनमा फलफुलको समावेश गनुपर्छ । मधुमेह जटिल अवस्थामा पुग्दा शरिरमा पोटासियमको कमि हुने भएकाले बिरामीको अवस्था हेरी फलफुल दिनुपर्ने हुन्छ । तर मधुमेहका बिरामीर्ले  खालि पेटमा फलफुल रस खादाँ तत्काल रगतमा चिनिको परिणाम बढनउन सक्छ । भोजन सन्तुलित बनाउन ३० देखि ५० ग्राम फलफुल दैनिक भोजनमा समाबेश गर्नुपर्छ ।

 हालको समयलाई नियाल्ने हो भने तयारी तथा कृत्रिम तरीकाले बनाइएको फलफुलको जुस तथा अन्य पेयपदार्थको बढदे प्रयोग स्वास्थ्यलाई असर गरिरहेको छ । (डा. जया प्रधानको जीवनशैली र पोषण किताबबाट साभार )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment