यसरी घरमै बनाउँन सकिन्छ स्वस्थकर बिर्यानी

महिला स्वास्थ्य

२०७६ आश्विन ५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मरमसला, तरकारी, माछा, मटन, वा चिकेनसहित हालेर तयार गरिने परिकार बिर्यानी हो । 

आवश्यक सामग्री 

चामल, चिकेन ( लेग पार्ट र ब्रेस्ट पार्ट), अदुवा र लसुनको पेस्ट, धनियाँको धुलो, जिराको धुलो, खुर्सानीको धुलो, गरम मसला, लेमन जुस, नुन, दाालचिनीको धुलो, तेजपपत्ता र दही । 

बनाउने तरीका  

चामललाई दुईचोटि सफा पानीले पखालेर १० मिनेटसम्म भिजाएर राख्ने । चामललाई पूरै पाक्न नदिने, झन्डै ८० प्रतिशत पकाउने । त्यसपछि पानी निकालेर फाल्ने । उसिनेको चामलमा तेजपत्ता, घिउ, ल्वाङ र सुकमेल राखेर थोरै तेलमा फ्राई गर्ने । 

फ्राई गरेपछि त्यसमा थोरै स्याप्रेन राख्न सकिन्छ । जसले राइसलाई कलरफुल बनाउँछ । त्यस्तै, थोरै राइसलाई बाहिर निकालेर अन्य कलर पनि राख्न सकिन्छ । चिकेनमा अदुवा र लसुनको पेस्ट, धनियाँको धुलो, जिराको धुलो, खुर्सानीको धुलो, गरम मसला, लेमन जुस, नुन, दाालचिनीको धुलो, तेजपत्ता गरी सबै मसला मिसाएर राख्ने ।

अन्तिममा अलिकति दही पनि मोल्न सकिन्छ । यसपछि तेल राखेर चिकेनलाई एकदमै थोरै तापक्रममा पकाउनुपर्छ । पकाउँदा पानी निस्केपछि त्यसमा राइस राख्न सकिन्छ, अनि स्वादिलो बिर्यानी तयार हुन्छ । मीठो स्वादका लागि फ्राइड ओनियन र उसिनको अन्डालाई टुक्रा पारेर बिर्यानीमा हाल्न पनि सकिन्छ ।  

 

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment