यसवर्षको टीकाको साइत निर्धारण

महिला स्वास्थ्य

२०७६ आश्विन ८ बुधबार

फेसबुक , जनाइएको , शेर्पा


काठमाडौं । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । 

त्यस्तै देश अनुसार पनि समय फरक– फरक रहेको समितिले जनाएको छ । नेपाल पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका

अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनु भयो ।

असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको अध्यक्ष डा. गौतमले जानकारी दिनु भयो ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment