यसरी हटाउन् सकिन्छ घरेलु तरीकाबाट डार्क सर्कल

महिला स्वास्थ्य

२०७६ आश्विन ८ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने कारणले आखाँवरिपरि डार्क सर्कल देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कमीले आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ । 

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ । 

भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।
 
भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । 

आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । 

भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment