विषालु च्याउ खाँदा एकै परिवारका १२ सदस्य बिरामी

महिला स्वास्थ्य

२०७६ आश्विन १३ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

 
सर्लाही - विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ जना बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीको परिवार बिरामी परेको प्रहरीले जनाएको छ।

माझीकी श्रीमती ५५ वर्षीया राजकुमारी, जेठा छोरा ३२ वर्षीय पल्टु,  माइला छोरा ३१ वर्षीय बिल्टु, बुहारी २८ वर्षीय सविता,  बुहारी २७ वर्षीया अञ्जुदेवी, नाति १० वर्षीय अमित, नातिनी ६ वर्षीया  रिन्कु, नातिनी पाँच वर्षीया प्रियङ्का, नाति चार वर्षीय अविनाश र नातिनी तीन वर्षीया मेनुका रहेको प्रहरीले जनाएको छ।

बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति नै उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

बिरामी परेकाहरूको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए  ।

रासस

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment