आज दशैँको चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिदै

महिला स्वास्थ्य

२०७६ आश्विन १५ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

आज दसैंको चौथो दिन नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ ।

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।

सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो ।

धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।

यो धार्मिक मान्यतालाई विज्ञानसँग जोड्दा मृत्यु, रोग र कमजोरीको समस्या समाधान गर्ने एउटै जडिबुटी कुपिण्डोको सेवन तर्फ पनि यसले संकेत गरेको हो कि भन्ने विश्वास गर्न सकिन्छ ।

देवी भागवतअनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व, जतिबेला सृष्टिकै अस्तित्व थिएन, त्यसबेला देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले उनलाई साक्षात् आदिशक्ति मानिन्छ ।

यस दिन विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment