चाडपर्वका बेला महिलामाथि हुने कामको बोझ यसरी घटाउन सकिन्छ

महिला स्वास्थ्य

२०७६ आश्विन १५ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

-प्रतीक्षा दुलाल

चाडपर्वका बेला रमाइलो गर्न कसलाई मन लाग्दैन र ?

तर नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्दै गर्दा यी सबै कुराको चाँजोपाँजो मिलाउन कत्तिको गाह्रो हुन्छ भन्नेबारे तपाईँले ध्यान दिने गर्नुभएको छ ।

पूजाका लागि सामग्री मिलाउनेदेखि रमाइलो गर्ने मेसो मिलाइदिने जिम्मेवारी प्रायः घरपरिवारमा महिलाकै काँधमा पर्ने गर्छ ।

सोही कारण अघिपछिको कामबाहेक आउने थप जिम्मेवारीले चाडपर्व मनाउने फुर्सद नै नपाउने गरेको उनीहरूले गुनासो गर्ने गरेका छन्।

जिम्मेवारी
अझ कामकाजी महिलाको हकमा त चाडपर्वका समयमा बोझ थपिने गरेको उनीहरू बताउँछन्।

परिवारका अन्य सदस्यबाट सहयोगको उपेक्षा उनीहरूले राखेका हुन्छन्, तर सामाजिक बनोटका कारण खुलेर भन्न नसकेका मात्र हुन् भन्छिन् महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता साह।

प्रशासन भन्छ तीजमा 'विकृति', महिला भन्छन् स्वतन्त्रता खोस्न पाइँदैन

नेपाली संस्कृतिमा केक

'पारिवारिक बनोट, सामाजिक संरचना, सांस्कृतिक र धार्मिक पक्ष, श्रीमान - श्रीमतीको सम्बन्ध र बालबच्चा हेर्ने विषयमा हाम्रो जुन परम्परागत सोच छ, त्यसले गर्दा चाडपर्वका बेला विवाहित महिलाको जिम्मेवारी ह्वातै बढ्ने गरेको छ,' साह भन्छिन्।

'अचेल महिलाले घरभित्र गर्ने तर नदेखिने कामका बारेमा केही महिला बोल्न थालेका छन्। तर हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरै जसो महिलाहरू जति नै काम थपिए पनि त्यो उनीहरूको मात्र जिम्मेवारी हो भन्ने सोचेर चुपचाप काम गरिरहन्छन्।'

कामको तनाव

दशैँ शुरू भएसँगै मन्दिर र बजारमा निकै भिड हुन थालिसकेको छ।

साहका अनुसार दशैँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने, घरभित्र र विभिन्न मन्दिरमा गएर पूजा गर्नेदेखि टीका लगाउन आउने आफन्तजनका लागि पहिले नै केही परिकार तयार पार्ने काम प्रायः महिलाहरूकै काँधमा पर्ने गर्छ।

यसरी अघिपछि भन्दा चाडपर्व र अन्य चाडभन्दा लामो समयसम्म मनाइने दशैँका बेला धेरै कामको बोझ र निभाउनुपर्ने जिम्मेवारीका कारण महिलाहरूमा नकारात्मक असर पनि परेको देखिएको केही विज्ञहरूले बताएका छन्।

यसबारे मनोपरामर्शविद्‌ गङ्गा पाठक भन्छिन्, 'चाडपर्वका समयमा जति काम गरेपनि सकिँदैन। त्यसैले सबै कसरी गर्ने होला र अरूले भन्दा राम्रो कसरी गर्ने भन्ने कुराले धेरै महिलाहरूमा तनाव बढ्ने गरेको पाएकी छु।'

कामकाजी महिलाको बोझ

पछिल्लो समय चाडपर्व भड्किलो हुँदै गएको र त्यसको मारमा महिलाहरू परेको उनी बताउँछिन्, 'एकल परिवारमा बस्ने व्यक्तिलाई त अझ धेरै तनाव भएको देखिन्छ। त्यस्तै भेटघाट भन्दा खानपिनमा जोड दिन थालिएको छ। त्यसैले पनि महिलामाथि बोझ थपिएको छ।'

दशैँमा परिवारका सदस्यहरूबीच जमघट हुने गर्दछ।

अघिपछि जस्तै गुजारा चलाए पनि वर्ष दिनको अवसरमा आफन्तसँग मिलेर गच्छे अनुसारको सक्दो मीठोमसिनो खाने चलन रहेको छ।

यस्ता जमघट रमाइलो गर्ने र आ-आफ्ना चलन अनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकाशं घरमा महिलाहरूकै हुने गरेको छ।

अघिपछि भन्दा दशैँका बेला धेरै बिदा पाउने भए पनि त्यो पर्याप्त नभएको महसुस गरेको कतिपय कामकाजी महिलाहरू बताउँछन्।

बोझनमानौँ

दशैँका समयमा थपिने यस्ता जिम्मेवारीबारे एकजना निजामती कर्मचारी तथा सानी छोरीकी आमा सृजना अर्यालले बताइन्।

'महिलाले अघिपछि पनि काम नगर्ने होइन। तर चाडपर्वका समयमा अघिपछिभन्दा धेरै काम थपिन्छ। यो समयमा तेहोरो नै हुन्छ हाम्रो जिम्मेवारी। त्यसैले थाकिन्छ पनि।'

आफन्त र छरछिमेककीसँग मिलेर काम गर्दा पनि धेरै यस्तो समयमा धेरै सहज हुने भनाइ उषा पोखरेलको छ।

शहर, बजारमा लोप भइसकेको पर्माको चलनको उदाहरण दिँदै उनले भनिन्, 'सबैजना मिलेर एक अर्कालाई सघाउने चलन हो पर्मा। त्यसो गर्न सक्दा धेरै जनाको सहयोग लिन सकिन्छ र एउटै व्यक्तिमा कामको बोझ थुप्रिँदैन। यो सामाजिक सम्बन्धलाई राम्रोसँग राख्ने चलन हो।'

सहयोग गरौँ
उनले यस्तो भनी रहँदा पाठक भने परिवारभित्रकै सदस्यसँग पनि सहयोग लिन सकिने बताउँछिन्।

'एकैजनाले यत्तिका धेरै काम गर्न सक्दैन। त्यसैले म त्यस्तो आँट पनि गर्दिनँ। म परिवारका सबैजानालाई उनीहरूले गर्न सक्ने जस्ता कामको बाँडफाँट गरिदिन्छन्। श्रीमानले किनमेल गर्नु हुन्छ भने बच्चाहरु सरसफाइ गरिदिन्छन्,। '

आफ्नो अनुभव साट्दै उनले भनिन्, 'अनि अरूले के गरेका छन् भनेर तनाव पनि लिइँदैन। आफूले जानेको गर्ने हो। आत्मीयता देखाउने चाड हो। यसलाई त्यही अनुरूप लिनुपर्छ। खाने परिकार कहिले धेरै होला नसक्दा थोरै होला।'

चाडपर्वलाई सबैका लागि उत्तिकै उल्लासमय बनाउन घरका सदस्यको भूमिका निकै धेरै रहने महिला अधिकारकर्मीहरू बताउँछन्।

तर सबैले काम धेरै भयो भनेर गुनासो गर्ने वा मद्दत माग्न नसक्ने भएकाले घरका ठूलाबाडाले नै परिवारको सदस्यको रुचि अनुसार कामको उचित बाँडफाँट गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

बिबिसी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment