सिकाली जात्रामा प्याड म्यान सम्मानित

महिला स्वास्थ्य

२०७६ आश्विन १७ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

ललितपुर - जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा रहेको खोकनामा भइरहेको सिकाली जात्रामा प्याड म्यान अफ नेपालका रुपमा परिचित  ज्ञान महर्जन सम्मानीत भएका छन् । 
सिंगो देश दशैंको माहौलमा रमिरहेका बेला खोकानाबासी सिकाली जात्रामा रमाइरहेका छन् । यस जात्रा पुजाआज र विभिन्न कार्यक्रम गरी मनाइन्छ ।  

ललितपुर नगरपालिका वडा नं २१ र डायनमिक क्लबले आयोजीत कार्यक्रममा प्याड म्यान महर्जन सम्मानित भएका हुन् । कार्यक्रममा सम्मानित महर्जनले सो वडामा रहेका ६० भन्दा बढि महिलालाई मर्यादित र स्वच्छ महिनावारीबारे जनचेतना र प्याड बनाउन सिकाउने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रम ललितपुर क्षेत्र नम्बर ३ वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमा उक्त समुदायका ज्येष्ठ नागरीक सुलाल महर्जन र स्थानियको संलग्नता रहेको थियो । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment