मासु व्यवस्थापन गरेर नखादा भविष्यमा निम्त्याउँन सक्छ जटिल समस्या 

महिला स्वास्थ्य

२०७६ आश्विन १९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी

काठमाडौं I हिन्दूहरुको  महान् चाडका रुपमा दशैँलाई लिईन्छ  ।  दशैँ भन्नेबित्तिकै खानपान र  रमाइलो , भेटघाट सँग जोडिन्छ । तर दशैँको रमझममा रमाउँदै गर्दा स्वास्थ्यप्रति पनि सजगता अपनाउनुपर्ने  चिकित्सक तथा पोषण विज्ञहरुले बताएका छन् ।

चाडपर्वका समयमा बालबच्चा,दिर्घ रोगी, मुटु, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीले खानपानमा विशेष सतर्कता अपनाउनपर्नेमा चिकित्सकले जोड दिएका छन् । दशैँको समयमा आफ्नो परम्परा अनुसार विभिन्न समुदायमा  खसि, रागाँ , सुगुर काट्ने प्रचलन सदियौँ देखि रहि आएको छ ।  

यि जनावरहरुमा अत्यधिक मात्रामा रातो मासु हुनुका साथै प्रसस्त मात्रामा बोसो पाईन्छ । दशैँको खानपानको सन्तुलन मिलाउनु सबैभन्दा महत्वपुर्ण मानिन्छ । यस्ता मासु अत्याधिक सेवन गर्नु स्वास्थ्यको लागी हानिकारक हुन्छ । यसले पाचन प्रणालिमा समस्या ल्याउँछ ।

 धेरैजसो व्यक्तिहरुले दिनमा कति मासु खान मिल्छ ख्याल नगरी खाने गरेको पाइन्छ । हामीले साधारणतय दैनिक ५० देखि ६५ ग्राम मात्र मासु खान मिल्छ । यो भन्दा बढि खाएमा पचाउन समस्या हुनका साथै शरिरमा कोलेस्ट्रोल बढ्ने, मोटोपना हुने र मुटुमा समस्या आउँने गर्छ । 

पोलेको मासु सेवन गर्दा क्यान्सरको उच्च जोखिम रहन्छ । मासुलाई हामीले पोलेर, तारेर फ्राई गरेर अत्याधिक मसालेदार बनाई अनेक परीकार  बनाएर खान्छौँ । जसमा हामीले सेचुरेटेड र ट्रान्स फ्याट पाउँछौँ, जुन शरिरले पचाउँन सक्दैन र हाम्रो रक्तनलिमा जम्मा भई रक्तनलिलाई साघुरो बनाउँछ । जसका कारण स्ट्रोक, हार्टअट्याक, आन्द्रामा क्यान्सर र पक्षघात जस्ता जटिल समस्या  आउँछन् ।  
मासु हाम्रो शरिरलाई पचाउन अलि गाह्रो हुन्छ । मासुमा प्रोटिन बढि हुन्छ यसको बढि सेवन गर्दा मिर्गौलाले बढि काम गनुपर्ने हुन्छ । मिर्गौलाको कार्यभार बढ्दा तत्काल मिर्गौलामा समस्या नदेखिएपनि केहि समयको अन्तरालमा समस्या देखिनसक्छ ।

 हाम्रो समाजमा तयारी चिसो पेय पदार्थ सँग मासु खादाँ सहजै पच्छ भन्ने गरिन्छ । तर यसले पचाउँन मद्धत गर्नुको सट्टा एसिडिटि बढाउने गर्छ । ग्याष्ट्रिक भएको व्यक्तिले धेरै मासु खादाँ  समस्या हुन्छ । त्यसमा पनि तयारी चिसो पेय पदार्थ सेवन गर्दा अझ समस्या बढ्न सक्छ । 

मासु सेवन गर्दा बोइल गरेर वा थोरै तेल र मसालाको प्रयोग गरी  खानुपर्छ । मासुमा अत्याधिक प्रोटिन हुने भएकाले मासुसँगै काब्रोहाइडेट पाइने खाध्य पदार्थहरु, ताजा फलफुल, नरिवलको पानी, फाइबरयुक्त खानेकुरा र हरियो सागसब्जिहरु सेवन गनुपर्छ । बजारमा उपलब्ध भएका फलफुलमा पनि  विभिन्न केमिकलहरु राखेर पकाउने गरिन्छ । त्यस्ता फलफुलको सेवनले स्वास्थ्यलाई झनै असर गर्छ । आफुले घरमै  उत्पादन गरेको  भन्दा बाहिरबाट ल्याएको फलफुलमा बिषादिको प्रयोग गरेको हुन सक्ने हुँदा, बिषादिको अबशेषलाई कम गरेर मात्र सेवन गनुपर्छ । पानीमा लगभग ३० मिनेट वा १ घण्टा भिजाएर सफा गरी खादा  बिषादिको अबशेष कम हुन्छ ।  दशैँमा मासु सरह नै उचित फलफुलको सेवन गर्नु स्वास्थ्यको लागी राम्रो मानिन्छ । 
 
शाकाहारी भोजनमा नपाउने र शरिरलाई अति आवश्यक पर्ने खनिज पर्दाथहरु  मांसाहारी भोजनबाट पाउन सकिन्छ । नियमित रुपमा आफ्नो शरिरलाई आवश्यक पर्ने मात्र मासु खानु उपयुक्त हुन्छ । हामीले दैनिक जस्तो सन्तुलित भोजन सेवन गर्छौँ, दशैँमा पनि त्यस्तै खानपान गर्नु स्वास्थ्यको लागी उत्तम मानिन्छ । दशैँमा स्वस्थ रहनका लागी मांसाहारी व्यक्तिहरुले थोरै तेल र मसालाको प्रयोग गरी र सकेसम्म उसिनेको मासु खाने, प्रशस्त मात्रामा फलफुल खाने, एकपटक प्रयोग गरेको तेल पुन प्रयोग नगर्ने, फाइबरयुक्त खानेकुरा खाने, धुम्रपान र मध्यपान नगर्ने मिठार्इँ तथा चकलेट कम खाने साथै नियमित शारीरिक व्यायम पनि गर्नुपर्छ ।

मासु खाँदा बालबालिका तथा बृद्धबृद्धाहरुले कम मात्रामा खानु पर्छ भने युवाहरुले आफ्नो दैनिकि, उमेर र तौल अनुसार खाँदा त्यति असर पर्दैन । हामी चाडपर्वमा बढि खाने र कम एक्ससाईज गर्ने गछौँ जसका कारण खानेकुरा पच्दैन् र हामीलाई विभिन्न खाले समस्याले सताउँछ । दशैँमा विभिन्न प्रकारका खानाहरु खाइने हुनाले खानाको प्रकृती तथा क्यालोरी अनुसार ब्ययाम गर्ने र न्युट्रस्सनिष्टको सल्लाह बमोजीम लिईएको खाने कुराले चाडपर्वमा कुनै किसिमको आघात पु¥याउदैन ।


क्यालोरी अनुसार ब्ययाम गर्ने र न्युट्रस्सनिष्टको सल्लाह बमोजीम लिईएको खाने कुराले चाडपर्वमा कुनै किसिमको आघात पु¥याउदैन ।

(क्ल्निीकल न्युट्रिसनिस्ट तथा डाइटिसियन हरि ढकाल सँग कुराकानीमा आधारित उनि स्टार अस्पतालमा कार्यरत छन् ।)
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment