बडादसैँको शुभकामना !!!

महिला स्वास्थ्य

२०७६ आश्विन २० सोमबार

फेसबुक , जनाइएको , शेर्पा

महिला  स्वास्थ्य परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँको हार्दिक मङ्गलमय शुभकामना ! 

नेपाली समाजको वर्तमान सांस्कृतिक अवस्था, रूपान्तरणको आवश्यकता, रूपान्तरणको दिशा, सांस्कृतिक आन्दोलनमा रहेका कमिकमजोरीको सन्दर्भमा थोरै चर्चा गर्ने प्रयास गरिएको छ । संस्कृति एक सार्वभौम सामाजिक अवधारणा हो । परन्तु प्रत्येक समाज र सामाजिक समूहका विशिष्ट सांस्कृतिक पहिचान पनि हुने गर्दछन् । सांस्कृतिक पहिचानको कुरा गर्दा हामी नेपालीहरुको घरघरमा बर्षमा एक पटक आउने पर्वहरु मध्य दशैं तिहार महत्वपूर्ण पर्व हो ।

नेपाली समाजमा पारिवारिक कलह, मनमुटाव, असमानता भए पनि त्यसलाई चिर्दै बर्षमा एक पटक आउने दशैंलाई सबै आफन्तजन मिली एकअर्कामा मिलेर पर्व मनाउने परम्परा छ । दशैं विशेष गरी नेपालीहरूको महान चाड हो । समयको परिवर्तनसँगै नेपालीहरूमा पनि चेतनाको स्तर बृद्धि हुदै गएको देखिन्छ । जसको फलस्वरुप आफ्ना व्यक्तिगत पीडाका साथसाथै देश दुखेका आवाजहरू र खुशी पनि यत्रतत्र मालश्री गीत मार्फत गुञ्जन थालेका छन् ।

चाड मनाउने शैलीमा परिवर्तन भइरहेको छ तर मनाउन छाडिएको छैन । यह नै दसैँको जीवन्तताको प्रमाण हो । पक्कै पनि फजुलखर्ची, देखासिकी र अस्वस्थकर खानपानजस्ता विकृति पनि दसैँको व्यापकतासँगै बड्दै गएका छन् । दसैँ मनाउन वर्षभरको कमाइ सिध्याउनेहरूको संख्या पनि थोरै छैन । तर, यो पर्वको नभएर व्यक्तिको कमजोरी हो । परिवारलाई सम्झाएर गच्छेअनुसार दसैँ मनाउने हो भने विकृतिहरू आफैँ नै साम्य हुँदै जानेछन् । समाजमा देखिएका  विकृतिका लागि दसैँलाई दोष दिन मिल्दैन ।


हामी पुनः सबै नेपालीलाई विजया दशमी, २०७६ का अवसरमा शान्ति र समृद्धिको शुभकामना दिन चाहन्छौँ ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment