डा. केसीले आजदेखि सरकारी सेवाबाट अबकास लिंदै

महिला स्वास्थ्य

२०७६ आश्विन २७ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउँने भएका छन् । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै  १६ पटक अनसन बसेका  डा. केसीले उमेरहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

उनले मेडिकल कलेजले लिने शुल्क, देशका दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज स्थापना, मापदण्ड पुरा गरी मेडिकल कलेज स्थापना लगायतका विषयमा अनसन बसेका थिए । 

आन्दोलनका क्रममा पटक पटक सरकारसंग माग बारे सहमति भएपनि थोरै मात्रै पुरा भएका छन् । पछिल्लो पटक पनि आफ्ना माग सरकारले पुरा नगरेको भन्दै आन्दोलनको चेतावनी दिरहेका छन् । 

 पत्रकार सम्मेलन गर्दै  आजबाट अबकाश प्राप्त गर्न लागेका केसीले आफ्नो कार्यकाल र आगामी दिनहरुमा आफु कसरी यस क्षेत्रमा लागि पर्ने कुराहरु उल्लेख गर्ने भएका छन् ।  
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment