अपांग बालबालिका लागी भरोसाको केन्द्र बिन्दु, अपांग बाल अस्पताल 

महिला स्वास्थ्य

२०७६ आश्विन २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

-भागिरथी पण्डित

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोक बनेपास्थित रहेको अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको बारेमा कमै व्यक्तिहरुमात्र जानकार छन् । यस अस्पताल आर्थीक दृष्टिकोणले कमजोर र शारीरिक अपांगता भएका बालबालिकाहरुको उपचार तथा पुर्नस्थापनाका सञ्चालीत छ । 

विकलाङ्ग मित्र समुहको कार्यक्रम अन्तगर्त सञ्चालन भएको यस अस्पतालमा हामी बिहानको ८ बजेतिर पुगेका थियौ ।  शान्त मनोरम वातावरणमा रहेको यस अस्पतालमा उपचारका लागी आएका बिरामीहरु घाम तापेर बसेका थिए । 

ओपिडि कक्ष जाने बाटोको छेउमा घाम तापिरहेकि थिइन् धनकुटाकी १८ बर्षिय मिना राई, उनको जन्मदा नै खुट्टा लामो छोटो भएको बताइन् । उनी भन्छिन् आर्थीक अवस्था कमजोर भएका कारण लामो समय उपचारका लागी तड्पिए बसिरहे । केहि समय अगाडि आफन्तको माध्यमबाट यस अस्पतालको बारेमा थाहा पाए उपचारका लागी आमा र म यहाँ आयौँ । 

त्यस्तै अर्का बिरामी सिन्धुपाल्चोकका  १६ बर्षिय सुरज पण्डित मलिन अनुहार लगाएर बसीरहेका थिए । उनको केहि महिना अगाडी मात्र हात भाँचीएर  स्टिल राखिएको रहेछ त्यहि स्टिल निकाल्ने  शल्यक्रियाको पालो कुररेर बसिरहेका थिए । उनले भने यस अस्पतालले निकै सुलभ दरमा मेरो भाच्चिएको हातको शल्यक्रिया गर्नुका साथै सेवाहरु पनि गुणस्तरीय दिएको छ, तर पनि शल्यक्रिया भएकाले मनमा कता-कता  डर भने  लागीनै रहेको छ । 

घाम तापेर बसीरहेका बिरामी र बिरामीका आफन्तहरुसँग कुराकानि गर्दै थियौ ओपिडि कक्षभित्रबाट बच्चा रोइरहेको आवाज आयो । ६ महिने शिशुको दुईवटै खुट्टा भाँचीएर बाराहाबाट उक्त अस्पताल ल्याइएको रहेछ । शिशु दुखेर छट्पटाइरहेको थियो  र आमाले फकाउन खोज्दै थिइन् । 

त्यहि छेउको शैय्यामा सुत्न नसकेर ६ बर्षिय एलिसा सरु छट्पटाइरहेकि थिइन् । उनको खुट्टा बाङ्ंगो भएर राखिएको  स्टिल शल्यक्रिया गरी निकालिएको रहेछ । बिरामी बालिकाकि  आमा उमा भन्छिन, छोरी जब हिड्ने भईन तब बाट उनको खुट्टा  बांगो देखियो, एक बर्ष अगाडि खुट्टा सोझो बनाउनका लागी स्टिल राखिएको थियो आज त्यो स्टिल शल्यक्रिया गरेर निकालिएको छ । उनिहरु उपचारकै लागी नवलपराषिबाट आएका रहेछन् । 

अन्य अस्पताल  भन्दा यहाँको शुल्क कम र सुविधापनि राम्रो भएको  बाल अपांगका क्षेत्रमा काम गरीरहेको एक संस्थाले  जानकारी दिएपछि टाढा भएपनि यहि आएको सिताले बताइन् । उनले यस अस्पतालले दिने सेवा सुविधा अन्य अस्पतालको भन्दा फरक र प्रभावकारी भएको बताइन् । 

अस्पताल भरी यस्तै अनेकौं समस्याहरु लिएर आउँनेको कमी त पक्कै पनि थिएन् । अर्को बिरामी डडेलधुराका पुरक धनुक जसका जन्मजात  नै पैतला भित्र फर्केको रहेछ ।  विभिन्न अस्पताल धाँउदाँ समस्या जस्ताको तेस्तै भएपछि यस अस्पतालमा आइपुगेका रहेछन् । उनी भन्छन् यो अस्पतालले नयाँ जिवन दिएको छ । यस अस्पतालले म जस्ता हजारै बालबालिकाले   पुर्नजिवन पाएका छन् । 
  
यो अस्पताल गरिब तथा शारीरिक अपांगता भएका बालबालिकाहरुलाई उपचार तथा पुर्नस्थापना गर्ने उदेश्यले सन् १९८५ बाट सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उपयुक्त उपचार तथा वातावरणीय सबलिकरणद्धारा शारीरिक अपांगता भएका बालबालिकाको गुणात्मक जिवन र समतामुलक पहुँचका लागी  अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द सञ्चालनमा ल्याइएको  समुदायमा आधारीत पुर्नस्थापना (सिबिआर) व्यवस्थापक नेत्र बहादुर देउजाले जानकारी दिए ।

यस अस्पतालले समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम मार्फत ज्ञान, सिप, हस्तान्तरण, जानकारी सुचना आदान प्रदान, पहिचान, उपचार तथा अनुगमनका लागी स्थानिय स्रोत परिचालन गरी सञ्जालिकरणको माध्यमबाट बिना भेदभाव अपांगता भएका व्यक्तिहरुको  व्यवस्थापन गरीरहेको छ । 

सिबिआर व्यवस्थापक देउजाका अनुसार अस्पतालमा बाल अपांगता जस्तै शारीरिक, सुनाई, दृष्टि, श्रवण, स्वर र बोलाई, मानसिक, बहुअपांगता लगायत १० किसीमका अपांगता भएका १८ बर्षमुनीका बालबालिकाको उपचार गर्दै आइरहेको छ  । 

ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलका अध्यक्ष र वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. अशोक कुमार बाँस्कोटाले यस अस्पतालको परिकल्पना गरेका थिए । उनको लगन र परिश्रममा विभीन्न संघसस्थाहरुले हातेमालो गरे । हाल अस्पतालसँग ३०० भन्दा बढि संघ सस्थाहरुको समन्वय रहेकोे सिबिआर व्यवस्थापक देउजाले बताए ।

हाम्रो समाजमा कुनै व्यक्तिमा भएको राम्रा पक्षको नजरअन्दाज गरी कमजोर पक्षलाई बढि खोतल्ने गरीन्छ । यस अस्पतालले एउटा कमजोरी पक्षलाई नजरअन्दाज गरी राम्रा पक्षको क्षमता अभिबृद्धिमा जोड दिन्छ । 

यस अस्पतालले ग्रामिण तथा बिकट क्षेत्रमा घुम्ति शिविर सञ्चालन गम्भीर प्रकृतिका बिरामीलाई केन्द्रमा नै ल्याएर सेवा दिने गरेको छ । आगामी ५ बर्ष भित्रमा ७ वटै प्रदेशमा पुग्ने रणनीति बनाएको सिबिआर व्यवस्थापक देउजाले बताए । 

अस्पतालले भारतबाट ल्याएको स्टिलको साहायक (लुलो र बाङंगो खुट्टामा प्रयोग हुने सामाग्री) गरुंगो भयो भन्ने गुनासो आएपछि नेपालमा नै अनुसन्धान गरी पोलिथिन पाइप बनाउन सुरु गरेको छ । यो अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन र चिकित्सकहरुको कोसिसले  नेपालमा पहिलोपटक पोलिथिन पाइप बनाउन थालिएको सिबिआर व्यवस्थापक देउजाले बताए । 

उनका अनुसार अस्पतालमा आउने वा लामो समय सम्म अस्पतालमै बस्नु पर्ने बालबालिकाको लागि  यस अस्पतालले  विद्यालय पनि  खोलेको छ । उपचारमा आएका बालबालिकाहरु पढाईको बारेमा सोचिरहदाँ उपचारमा समस्या भएका कारण स्कुल सञ्चालनमा ल्याएइएको हो ।
 
अस्पतालले ९५ हजार अपांग बालबालीकाहरुलाई सेवा प्रदान गरिसकेको छ ।  १०० बटा शैय्या रहेको अस्पतालमा २०० कर्मचारीहरु कार्यरत छन् । यस अस्पतालमा सोमबार, बिहिबार र शुक्रबार ओपिडि संञ्चालन हुन्छ भने  मंगलबार र बुधबार शल्यक्रिया गरिन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment