यौनागंको सरसफाईलाई प्रथामिकतामा राख्न जरुरी !

महिला स्वास्थ्य

२०७६ कार्तिक १ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

 - समृद्धा के.सी

काठमाडौं - असुरक्षित यौन सम्पर्कद्धारा  सर्ने रोगलाई यौनरोग भनिन्छ । महिला र पुरुष दुवैलाई यौनरोग लाग्ने  भएपनी महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा सजिलै सर्न सक्छ ।

महिलाहरुमा बिशेषगरी योनीबाट असामान्य रुपमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने , ढाड दुख्ने, यौनअंग वरिपरी डाबर देखिने , गाँठो वा घाउ जस्ता समस्या लिएर महिलाहरु अस्पताल आउने गर्छन् । जाँचको क्रममा धेरैजसोलाई किटाणुको संक्रमण फंगल इन्फेक्सन,  ब्याक्टेरीया इन्फेक्सन् भएको पाइन्छ । यो समस्या एक भन्दा बढि व्यक्तिसँग यौन सम्पर्क गरेमा र व्यक्तिगत सरसफाईमा ध्यान नदिदाँ बढि हुने सम्भावना  हुन्छ ।

यौन रोगका लक्षण

यौनागंमा समस्या भएमा धेरैजसो महिलाहरुमा सेतो गन्हाउने पानी बग्न गर्छ र अन्य लक्षणहरु यस्ता छन्:

 पिसाब गर्दा पोल्ने,

 असजिलो हुने, दुख्ने,

 बारम्बर पिसाब लाग्ने,

 यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने, 

 तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने,

 ढाड दुख्ने, 

 गुप्तागं वरिपरि घाउखटिरा आउने,  रातो हुने, सुन्निने,

 गुप्तागंमा मुसा वा मासु पलाउने,

 तिघ्रा वा काछका गन्थ्रिहरू सुन्निने,

 दुख्ने वा फुटेर घाउ हुने जस्ता लक्षण देखिने गर्छ,
 
 महिनावारी भएको समयमा सरसफाइर्मा ध्यान नदिई लामो समयसम्म प्याडको प्रयोग गर्ने बानीले पनि यौनागंमा  संक्रमण भई सेतो पानी बग्ने समस्या हुन सक्छ ।  सामान्य अवस्थामा पनि सेतो पानी बग्ने गर्छ  । जस्तै महिनावारी हुनु अघि, महिनावारी भएपछि हल्का सेतो पानी बग्ने गर्दछ । त्यसलाई संक्रमण भएको मानिदैन । सेतो पानी बग्ने सँगै गन्हाउन पनि हुन्छ भने त्यसलाई  संक्रमण भएको मानिन्छ । 

 यौनागंमा हुने संक्रमणबाट बच्नका लागी बिशेषत व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ र सबै महिला तथा पुरुषहरुले  यौनागं सरसफाईलाई पहिलो प्रथामिकतामा राख्न जरुरी रहेको छ ।  

संक्रमण भएपछि सरसफाईमा जति चिसो पानीको प्रयोग गर्यो त्यति नै संक्रमण फैलन सक्छ त्यसकारण मनतातोपानीले सफा गर्नुपर्छ  । दिसा पिसाब गरेपछि यौनांग सरसफाई गरेर सुख्खा राख्नुपर्छ । 

 यौनागंमा हुने संक्रमण निर्मुल पार्न एकदम कठिन हुन्छ । सरसफाईमा  बिशेष ध्यान दिएपछि यौनागंमा हुने संक्रमणको केहिहद सम्म रोकथाम गर्न सकिन्छ । यौनांग संक्रमण भएमा फोहोर पानी र गन्हाउने पानी बग्ने, काम गर्न मन नलाग्ने, ढाड पेट दुख्ने, पिसाब गर्दा समस्या हुने गर्दछ । यौनागंमा संक्रमण भएको थाहा पाउने बित्तिकै उपचार गनुपर्छ अन्यथा यसले जटिल रुप लिनसक्छ । यौनागंमा हुने संक्रमणको समयमा नै उपचार गरिएन भने बच्चा नरहने वा बाँझोपनसम्मको जटिलता आउनसक्छ । 

यौनागंमा हुने संक्रमणको बारेमा महिलाहरु खुलेर कुरा गर्न चाहादैनन् । कसैले हिम्मत गरेर बोलेपनि असहज मान्दै समस्याको केहि अंश मात्र खोल्ने गर्दछन् । जसका कारण रोग पत्ता लगाउन गाह्रो भई रोगको उपचार गर्न कठिन हुन्छ । रोग फैलदै जानसक्छ ।

आफ्नो स्वास्थ्यमा केहि शंकास्पद समस्या आएमा लुकाएर बस्दा  त्यसले बिकराल रुप लिन सक्छ । त्यसैले  समयमा आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्ने बानि बसाल्नुपर्छ । परिवारको सदस्यलाई यस्ता समस्याको बारेमा जानकारी भएमा अस्पताल लगेर उपचार गराउनुपर्छ । 

कतिपय मानिसहरु अस्पतालमा उपचारका लागी गएमा खर्च धेरै हुन्छ भनेर समस्या लुकाउने गरेको पाइन्छ । जसका कारण सामान्य समस्या जटिल हुदै जान्छ । त्यसैले आफ्नो समस्याको बारेमा खुलेर भन्न सक्नुपर्छ ।

 (बिराट मेटिकल कलेजमा कार्यरत स्त्रिरोग विशेषज्ञ डा.अमित डियो सँगको कुराकानीमा आधारित )


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment