होलबडी चेकअप गराउँन किन जरुरी छ ? कस्ता व्यक्तिले गराउँने ?

महिला स्वास्थ्य

२०७६ कार्तिक ३ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

कुनै पनि रोगको लक्षण बाहिर देखिनुभन्दा अघि नै पत्ता लागेमा छिटो निदान गर्नु उपयुक्त मानिन्छ ।  अनि जस्तो सुकै रोग पनि निको हुने सम्भावना बढि मात्रामा हुन्छ । यी कुरा बाहेक किन गरीन्छ र कस्ता व्यक्तिले होलबडी चेकअप गराउँन जरुरी छ भनेर महिला स्वास्थ्य संवाददाता समृद्धा के.सीले ओम अस्पतालमा कार्यरत  डा.ठाकुर देबकोटा सँग गरेको कुराकानी प्रस्तुत छः

१.किन गर्ने ओलबडी चेकअप ?

स्वास्थ्य परिक्षणको मुख्य उदेश्य भनेको मानिसको स्वास्थ्य स्थिती कस्तो र कुनै रोगले त गाजेको छैन भनेर थाहा पाउनका लागि होलबडी जाचँ स्वास्थ्य परीक्षण गरिन्छ । रोग लाग्ने सम्भावना वा त्यसको जोखिम  भविष्यमा के कति छ भनेर स्वास्थ्य परीक्षणद्धारा थाहा पाउँन सकिन्छ । 

स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। 

अहिले हाम्रो समाजमा दिर्घकालिन  रोगहरु बढ्दै  छ जस्तै मधुमेह, रक्तचाप, हृदयघात,स्ट्रोक आदि । स्वास्थ्य परिक्षण गर्दा हृदयघात कति बेला हुन्छ थाहा पाउन सकिदैन तर हृदयघात हुने सम्भावना कति छ भन्न सकिन्छ ।

२. कस्ता व्यक्तिहरुले होलबडी चेकअप गर्ने  जरुरी छ ? 

यो उमेर अनुसार हुने गर्छ । १६ देखि २५ वर्षको उमेर समुहलाई बालबालिका र जेष्ठनागरि जसरी   छिटै रोगहरुले समाउँदैन  त्यति बेला जिवनशैली सम्बन्धि  सन्देश दिन्छौँ तर कुनै व्यक्तिलाई माथि भनिएको उमेरमै  स्वास्थ्य समस्या छ भने  स्वास्थ्य परिक्षण गर्नु पर्ने हुन्छ । जस्तै उहाँहरुलाई वंशाणुगत रोगहरु छ भने जाँच गराउनु पर्छ । कुनै बालबालिकाहरुमा पनि स्वास्थ्य परिक्षण गराउनु जरुरी हुन्छ र ५० वर्ष कटेका  व्यक्तिहरुले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण  गराउनु पर्छ किनकि त्यो बेला धेरै रोगहरु लाग्ने सम्भावना हुन्छ ।

३. महिलाले होलबडी चेकअप गराउँदा  कुन-कुन जाचँ समाबेश गर्नुपर्छ ? 

महिलाहरुको पनि उमेर अनुसार जाँच गराउँनु पर्छ । महिलामा मूख्यगरि प्रजनन स्वास्थ्य स्थिति कस्तो छ भनेर जाचँ गरिने गरिन्छ ।  पुरुषको तुलनामा  महिलामा बढि स्वास्थ्य समस्या हुने गर्छ त्यसकारण महिलाको  होलबडी  जाचँ गर्दा अलि महगों पनि हुने गर्दछ ।  

महिलाहरुको होलबडी जाचँ गर्दा प्रजनन मात्र नभएर  क्यान्सर ,एच.पि.भि , डिम्बग्रन्थिको  क्यान्सर, गर्भाशयको क्यान्सर,महिनावारीको समस्या महिनावारी सुकेपछिको समस्याहरुलाई  होलबडी जाचँ गर्दा समावेश गर्नुपर्छ । 

साथ-साथै मानसिक स्वास्थ्यलाई पनि  ध्यान दिनु पर्छ किन भने हाम्रो समाजमा महिला स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिदैनजस्ले गर्दा  मानसिक चिन्तालाई प्रोत्साहान गर्छ । 

४. स्वास्थ्य परिक्षण गर्दा सम्पूर्ण शरीरि नै जाचँ गरिन्छ त ? 

स्वास्थ्य परिक्षण गर्दा  सबै आश्यकता  अनुसारको जाँच गर्नु पर्छ। त्यो गर्नका लागि पूर्वपरामर्श हुनु पर्छ । डाक्टरसँग पूर्वपरामर्श गरेर त्यसकै  आधारमा के के जाँच गर्दा भविष्यमा  जोखिमपूर्ण रोगहरुको निदान गर्ने  उपायहरु निकाल्न सकिन्छ तर अहिले हाम्रो प्रचलनमा होलबडी चेकअप गर्ने भनेपछि कुनै संस्थामा फोन गर्यो र पूर्वर्निधारित जाँचहरु गरेर रिर्पोट लिन जाने मात्र गरिन्छ ।  

६. मानिस स्वास्थ हुनको लागि कुन कुरामा ध्यान दिनु पर्छ ?

खानेकुरामा ध्यान दिने 
 
हानिकारक पर्दाथ सेवन  नगर्ने 

व्यायाम गर्ने 

खानेकुरामा सबैभन्दा बढि दुध, दहि, फलफुल, सागहरु खानुपर्छ । गुलियो, चिल्लो र नुन कम खानु पर्छ । सानै उमेरबाट बाहिरको खानेकुराहरु खानु हुन्न । हानिकारक पर्दाथ जस्तै चुरोट, रक्सीहरु खानु हुदैन  ।  व्यायामलाई पनि उत्तिकै ध्यानमा राख्नु पर्छ तर हामी  व्यायामको नाममा घरको २, ३ तल्ला हिडछौं  त्यसलाई व्यायाम गरेको मानिदैँन । व्यायाम भनेको मुटुको धड्कनलाई बढाउँने हुनुपर्छ त्यो पनि कम्तीमा ३० देखि ६० मिनेट सम्म प्रत्येक व्यक्तिले गर्नु पर्छ । जस्ले मधुमेह, रक्तचाप जस्ता समस्या हुनबाट जोगाउँछ ।

७. अन्तमा स्वास्थ्य परिक्षणको बारेमा के कस्ता कता सुझाव  दिन चाहनु हुन्छ ?

शारीरिक जाँच सबैले गर्न जरुरी हुन्छ जसले गर्दा कुनैपनि रोग शुरुवाति चरणमै पत्ता लगाएर उपचार गर्न सकिन्छ । 

मधुमेहको कारणले महिनावारीको समस्या भएको पनि हुन सक्छ स्वास्थ्य  परिक्षण गरेर मधुमेहको उपचार समयमै  गर्यो भने त्यस्ता समस्याहरुबाट बच्न सकिन्छ ।  त्यस्तै थाइरोइडले पनि अरु समस्याहरु ल्याउन सक्छ । यी सबै कुराहरुबाट जोगीन स्वास्थ्य पक्षिण मात्र नभइ जिवनशैलीमा पनि धेरै परिर्वतन ल्यानु पर्छ । व्यायामहरु लगायत  खानेकुरामा पनि उत्तिकै  ध्यान दिनु पर्छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment