के - के हुन त महिलालाई बढि सताउँने पाँच रोग ?

महिला स्वास्थ्य

२०७६ कार्तिक ४ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - प्राकृतिक रुपमै महिला र पुरुष शरीरिक रुपमा फरक हुन्छन् । पुरुषको तुलनामा महिलालाई बढि रोगहरुले सताउँने गर्दछन् । महलिाहरुलायृ प्रजनन् रोगहरुले गाजेको हुनछ । महिलाहरु महिनावरी र बच्चा जन्माउने भएकैकारण प्रजनन् अंगहरुमा बढीमात्रामा रोग लाग्ने गर्दछ । 

पाठेघरको क्यान्सर वा प्रजनन् सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ । यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन् । अतः यहाँ महिलालाई बढी सताउने रोगबारे चर्चा गरिएको छ । जस्तो कि मुटु रोग, स्तन क्यान्सर, ओस्टियोपोरोसिस, तनाव तथा अटो इम्युन डिजिज ।

पाठेघरको मुखको  क्यान्सर

पाठेघर महिलाहरुको प्रजनन् सम्बन्धित एक प्रमुख अङ्ग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । पाठेघरको मुखलाई सर्भिक्स भनिन्छ । पाठेघरको मुखको  क्यान्सर महिलाहरुमा लाग्ने मध्ये सबै भन्दा प्रमुख क्यान्सर हो ।

 नेपाल महिलाहरुमा सबैभन्दा बढि हुने क्यान्सर पनि पाठेघरको मुखको क्यान्सर नै हो । यो रोग प्रायः जसो ३४-३९र ६०-६४ वर्ष उमेर समुहका महिलाहरुमा बढी देखिएको छ । महिलाहरुमा हुने क्यान्सर मध्ये यो एउटै मात्र क्यमन्सर हो जसलाई अगाडि नै पत्ता लगाउन सकिन्छ । 

स्तन क्यान्सर

स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख हो । स्तन मा रहेका सामान्य कोषहरु ले आफ्नो चरित्र मा परिवर्तन गरेर अनियन्त्रित रुप ले वृद्धि हुन थाले भने स्तन क्यान्सर को जन्म हुन्छ । विश्व मा फोक्सो को क्यान्सर पछि स्तन क्यान्सर नै क्यान्सर बाट हुने मृत्युको मुख्य कारक बनेको छ । हरेक वर्ष झण्डै दश लाख महिलाहरु स्तन क्यान्सर बाट पीडित भएको तथ्यांक ले देखाउंछ । यो साधारणतः स्तन मा गाँठोको रुपमा देखा पर्छ ।

नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ । तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन् ।

ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिस रोग बढमिात्रामा महिला र जेष्ठनागरिकलार्य लाग्ने गरेको पाइृनछ । महिलाहरुमा चालीस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो ।ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ ।

 यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ ।ओस्टियोपोरोसिसले महिला र  पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।

तनाव

पुरुषको तुलनामा भन्दा महिलाहरुमा मानसिक समस्या बढि हुने गर्दछ ।  प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ ।

अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धिविकासमै अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ ।

अटोइम्युन डिजिज

अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट पारिदिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ ।

यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुनस सक्छ । किनकी यसको लक्षण खासै देखिदैन । यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ । 

माथि उल्लेख गरेका कुनैपनि रोगहरु यदी तपाईंमा देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी हुन्छ नत्र  अन्यथा, यसले जटिल रुप लिइ भविष्यमा  समस्या निम्त्याउन सक्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment