आज सम्म थाहा नभएका यौन स्वास्थ्य सम्बन्धी १५ सत्य तथ्य

महिला स्वास्थ्य

२०७६ कार्तिक ५ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

यौन सम्पर्क भन्नाले महिला र पुरुष बिच हुने परर्शपर सम्बन्धलाई नै यौन सम्पर्क भनिन्छ ।  यो सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै जानकारी हुँदैन । 

सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन स्वास्थ्यको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । 

यौन स्वास्थ्यका बारेमा केही यथार्थ तथ्यहरु यस्ता छन् ।

१. सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला शरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।

२. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।

३. पुरुषको यौनाङ्गबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही समयमात्र बाँच्न सक्छन् । यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीनदेखि पाँच दिनसम्म बाँच्न सक्छन् ।

४. सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठिन हुन्छ । सम्भोगका बेला शरीरमा एन्टि ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ ।

५, सम्भोगका बेला पुरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशतसम्मले बढ्ने गर्दछ ।

६. सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिँग हर्मोनका कारण ब्लडप्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ । अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।

७. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनाङ्ग हुँदै पाठेघरसम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकास हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भइसकेको छ ।

८. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुवैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।

९. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर, यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।

१०. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढी मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढी हुन्छ ।

११. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । प्रत्येक २० जनामध्ये एक पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।

१२. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।

१३. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।

१४. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

१५. विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको प्रयोग १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढी असुरक्षित यौन सम्पर्क हुने गर्छ ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment