किवी स्वास्थ्यको लागी अमृत समान 

महिला स्वास्थ्य

२०७६ कार्तिक ९ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - किवी फल स्वास्थ्यको हिसाबले एकदमै गुणकारी फल हो । यसलार्ई अमृत बुटी समान मानिन्छ ।  यो फल अण्डा आकारको बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । 

यो बाहिर काँडा अर्थात झुस जस्तो देखिन्छ तर काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण बोकेको फल हो । 

किविमा अत्याधिक मात्रामा क्यालोरी, प्रोटिन, फाइबर, भिटामिन सी, आइरन र फोलेट  पाइने चिकित्सकहरु बताउँछन् । यसको नियमित सेवनले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने चिकित्सकको भनाई छ । किविको सेवनले विभिन्न समस्याबाट राहत पाउन सकिन्छ । 

छाला स्वस्थ
यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।

राम्रो निन्द्रा
एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युटे«सनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा ननिदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ।

मुटु 
यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ। जसका कारण मुटुको रोग लाग्न पाउँदैन। भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुुटुरोगको जोखिम कम हुन्छ। एक अध्ययनअनुसार  दैनिक ४ हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्नाले आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन्।

मिर्गौलाको पत्थरी 
यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ। यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ।

उच्च रक्तचाप 
यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ। तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ।

कब्जियत 
एक अध्ययनअनुसार किबी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन। नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment