भाइ मसलामा कस्ता खानेकुरा समाबेश नगर्ने

महिला स्वास्थ्य

२०७६ कार्तिक १० आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-डा. बाशुदेव उपध्याय
काठमाडौं । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म  काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरि मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको भन्ने मान्यता रहि आएको छ  । 

तिहारमो अन्तिम दिनका रुपमा भाइटिका लाई लिइने गरिन्छ । यस दिनमा दिदीबहिनीले  दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, उपहार स्वरुप भाई मसला लगायत अन्य मिष्ठान्न परिकारहरु खुवाउने गर्दछन् । परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व रहि आएको छ । 

तिहारलार्ई खानपिनको चाडपर्व रुपमा लिने गरिन्छ ।  तिहारमा बिशेषत दिदिबहिनिहरुले दाजुभाइलाई भाई मसलाको रुपमा चकलेट मिठाई जस्ता खानेकुरा समाबेश गरेर दिदाँ उनिहरुको स्वास्थ्यमा दिर्घकालिन स्वास्थ्य समस्या उत्पन्न हुने सम्भावना उच्च रहन्छ । त्यसैले तिहारलाई स्वस्थ्यकर बनाउनका लागी यस्ता उपकार दाजभाई नदिन उनिहरुको स्वास्थ्यको लागी लाभदायक छ । लामो समयसम्म भाईटिका मनाइराख्नका लागी पनि स्वस्थ्यकर खानपान मात्र दिने बानि बसाल्न आवश्यक छ । 

 दिर्घआयुको कामना गर्दै  दाजुभाइको स्वास्थ्यको बेवास्ता गरी अस्वस्थ्यकर खानेकुरा खुवाउनाले उनिहरुको आयु छोटिदै जान सक्छ ।  

दाजुभाइको दीर्घ जिवनका लमगी यस्ता व्यवहारलाई परिर्वतन गरी संयमित हुनुपर्छ । समयसँगै परिर्वतन भएमा चाडपर्व मनाउने तरीका स्वस्थ्यकर बनाउन आवश्यक छ । 

मिठाइ, चकलेट जस्ता चिनिजन्य खाद्यपर्दाथ उपहारमा दिन रोक लगाउन पर्ने समय आइसकेको छ । खाँदा गुलियो मिठो  भएपनि स्वास्थ्यको हिसाबले यो एकदम हानिकारक छ । त्यसैले हाम्रो खानपानमा गुलियो मात्र घटाउनुपर्छ । आयुर्वेदमा ६ वटा रस मधुर अम्ल लवण कटु तिक्त कसाए यी सबै प्रकारका मिश्रित खाद्यपदार्थ सेवन गरेमा स्वस्थ्य रहन सकिन्छ । खानपानका साथै कति मात्रामा खाने भन्ने कुरामा पनि बिशेष ध्यान दिनुपर्छ । 

गाउँघरमै भएको जडिबुटिको नियमित  सेवन गर्न सके पाचन प्रणालीलाई प्रबल बनाई पाचन क्षमता बढाउन सकिन्छ । स्वस्थ्य रहन सकिन्छ । गाउँमा पाइने तुलसी, बोझो, ज्वानो, टिमुर लगायतका अन्य जडिबुटिको पाउडर बनाएर वा बिहान बेलुका चियामा जडिबुटिको पातको सेवन स्वास्थ्यका लागी निकै लाभदायी हुन्छ । 

उपहारको रुपमा वा पाहुनाको सत्कारमा माछा, मासु, मदिरा र मिठाईलाई बिशेष जोड खिने गरिन्छ । कर लागएर भएपनि यस्ता खानेकुरा खुवाउने गरिन्छ । यदि कसैले यस्ता खानकुरा खान चाहँ गर्दैन भने यसमा जिद्ध नगर्नु राम्रो हो । 

(डा. बाशुदेव उपध्याय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्छ ।)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment