ब्रेसेस किन र कसका लागी ? 

महिला स्वास्थ्य

२०७६ कार्तिक ११ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । हामिले बाहिर हिड्दा कति मानिसहरुले दाँत बाधँेको देख्दै आएका छाँै । यसलाई साधारण भाषामा ब्रेसेस लगाउने भनिन्छ । धेरै किसिमका दाँत उपचार विधि मध्ये यो विधि पनि एक हो । नमिलेका दाँतमा तारले बाँधेर मिलाउने यो पद्धतीलाई चिकित्सकिय भाषामा अर्थोडोन्टिक्स ट्रिटमेन्ट पद्धती भनिन्छ ।  

दाँतले व्यक्तिको सैन्दर्यतामा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । पछिल्लो केहि समय यता दातँ सरसफाई प्रति मानिसहरुको धारणा परिर्वतन भएको छ । मानिसहरु दाँत उपचार जस्तै सफा गर्न, दाँत बाध्न र अन्य दाँत दाँत सम्बन्धि समस्या लिएर  अस्पताल पुग्नेको सङख्या बढ्दै छ । 
 
कुनै व्यक्तिको सफा मिलेको दाँत छ भने मानिसको भिडभाडमा पनि सहजै मुस्कुराउन सक्छन् तर दाँत मिलेको छैन् भन्ने मुस्कुराउँन पनि गाह्रो हुन्छ  । पछिल्लो केहि समयमा दाँतको सरसफाईका लागी अस्पताल धाउनेको सङख्या बढिरहेको हिमाल डेण्टल अस्पतालका डेण्टल सर्जन डा. तिर्थ भट्टले जानकारी दिए । 

अमेरिकन एसोसिएसन अफ अर्थोडोन्टिक्सका अनुसार हरेक बालबालिकाको सात बर्ष ननाग्दैे दाँतको परीक्षण गराउनु प्रभावकारी मनिन्छ । यो उमेरमा दाँतको परीक्षण गराउँदा तार लगाउन पर्छ कि पर्दैन भन्ने स्पष्ट्र हुने उल्लेख गरेको छ । 

बिशेगरी हेर्दा नराम्रो देखिने बाङ्गा, तल, माथि वा दाह्रा भएको, दाँतहरु  बिचमा धेरै खाली भाग भएमा दाँतलाई तारले बाधेँर मिलाउने गरिन्छ । दाँतमा बाधिएका तार देखिन वा नदेखिने  दुबै हुन्छ । धेरैजसो मानिसहरुले देखिने तार बाध्ने गर्दछन् । तर भित्रबाट नदेखिने तारले पनि बाध्न मिल्छ । त्यो तार मेटलको र दाँतको रगं स‘ँग मिल्ने किसीमको हुने डा . भट्टले बताए ।
  
डा . भट्टले भने व्यक्ति अनुसार दाँत भिन्न प्रकारका  हुन्छ त्यसकारण  कोहि व्यक्तिको  दाँत छोटो समय बाध्दा मिल्छ भने कोहिको अलि लामो समयसम्म बाध्नुपर्ने हुन्छ । लामो समय भन्नाले २ बर्ष वा त्यो भन्दा बढि कुनै पनि दाँत बाध्नुपर्दैन । एकपटक बाँधेर मिलिसकेको दाँत त्यो जिवनभरको लागी मिल्छ ।
 
तारले बाधेको दाँत हेर्दा अप्ठ्यारो देखिन्छ तर सो व्यक्तिको लागी सहज भइरहेको हुन्छ । तारले बाध्दा सुरुमा हल्का दुखाई महशुस हुनसक्छ । त्यो दुखाई बिस्तार कम हुदैँ जाने डा . भट्टले बताए । 
 
डा . भट्ट भन्छन् दाँत बाधिसकेपछि साह्रो र दाँतमा लाग्ने जस्तै क्यान्डि, चक्लेट र चुइगम खानु हुदैँन । यस्ता खानेकुराले तार बाहिर निस्कने सम्भावना उच्च रहन्छ ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment