उनी भन्छिन ‘स्वास्थ्य जोखिममा राखेर उपवास लिन चाहिन’  

महिला स्वास्थ्य

२०७६ कार्तिक १७ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - छठ पर्व कार्तिक शुक्ल चतुदर्शी (हिजो) बाट शुरु भएको छ । यो पर्व बिशेष नेपालको तराईमा मनाउने गर्दछन् । श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यस पर्वलाई मनाउदै आइरहेको सर्लाहि घर भई हाल काठमाडौंमा बसोबास गर्ने इन्दु देवी देशवालले बताइन् । 

छठमा सूर्यलाई पुजा गर्नुको छुट्टै धार्मीक मान्यता रहि आएको छ । सुर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश प्रदान गर्ने भएकाले सबै मानिसहरुलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकासका लागि सूर्यको पूजा गरिने उनले बताइन् । 
 
उनि भन्छिन् 'छठपर्वमा आरोग्य प्राप्तिका लागी कठिन व्रत र उपवास बस्ने गरिन्छ । छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको छ  । छठपर्वको पूजा एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुन्छ भन्ने मान्यता रहि आएको छ  ।'

यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर जस्ता खानेकुराको चतुर्थी देखि परित्याग गरी व्रत बस्ने परम्परा छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वासका साथ यो पर्व मनाउने देशवालले बताइन् । 

उनि भन्छिन 'आस्थामा लिप्त भई मनाइने पर्व सानोमा आमाले उपवास बसी विधिपुर्वक पुजा गरी मनाएको देखेको थिए । अहिले सासुआमाले मनाउनुहुन्छ । तर म आजसम्म उपवास मा सम्मिलीत भएको छैन । धेरै ब्रतालुहरु भोक सहन नसकेर बिरामी परेका वा उनिहरुको स्वास्थ्यमा समस्या आएको देखेको छु ।' त्यसैले  आफ्नो स्वास्थ्य जोखिममा राखेर उपवास किन लिने जस्तो महशुस हुन्छ ।  मनमा धार्मीक आस्था भएपनि व्रत बस्ने गरेको छैन । 

उनि भन्छिन 'उपवास बस्ने नबस्ने आफ्नो इच्छामा निर्भर हुन्छ । स्वास्थ्य अवस्था कमजोर भएकाले उपवास नलिएको राम्रो हो किनकि आफ्नो स्वास्थ्य बिगारेर उपवास बस्नाले घरमा सुख शान्ति आरोग्य प्राप्ति हुन्छ भन्ने मानसिकता गलत हो ।'

कुनै महिलाको स्वास्थ्यमा समस्या वा स्वास्थ्य अवस्था कमजोर भएमा उपवास बस्न दबाब वा प्रोत्साहित गर्न नहुने उनको धारणा रहेको छ ।  

उनि भन्छिन् 'चाडपर्वलाई हर्सोलासका साथ सभ्य र स्वास्थ्य रहेर मनाउन आवश्यक छ । '

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment