कहिले मान्ने छोरीलाई छोरी ?

महिला स्वास्थ्य

२०७६ कार्तिक १७ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

- भागिरथी पण्डित

काठमाडौं - पितृसत्तात्मक हाम्रो समाजमा छोरालाई नै अमुल्य मानिन्छ । धेरैजसो मानिसहरु सन्तानको परिकल्पना गर्दा छोरा नै होस् भन्ने चाहान्छन् । किनकि बंश र अंशको लागी छोरा नै चाहिन्छ भन्ने मान्यताले जरो गाडेको छ । मरेपछि श्राद्ध गर्नका लागी पनि छोरा नै चाहिन्छ भन्ने विश्वासमा अल्झिरहेको छ हाम्रो समाज । 

श्रीमानको बंश जर्गेनाको लागी ९ महिनासम्म भुण्रलाई आफ्नो पेटमा पालेर असह्य प्रसव पिडा सहेर एउटा शिशुलाई यस धर्तीमा ल्याउँने  बुहारी (नारी) प्रसुती हुने बित्तिकै उसले जन्माएको शिशुको लिगंमा बढि चासो दिइन्छ । सबै छोरा या छोरी हेर्नमा उत्सुक हुन्छन् तर त्यो शिशु छोरी भए सबैको अनुहारको त्यो उत्सुकता छिनभरमा खिन्नतामा परिर्वतन हुन्छ ।
 
छोरी जन्माएका कारण कति नारीहरुले घरेलु हिंसा सहनु परेको छ । उनिहरुले छोरा नजन्माएकै कारण शारीरिक र मानसिक हिसां भोगिरहेका छन् । तर चिकित्सा विज्ञानले बच्चाको लिंग निर्धारण छोरा वा छोरी जन्मिने आमामा नभई पितामा भरपर्ने प्रष्ट पारिसकेको छ ।

चिकित्सा विज्ञानका अनुसार यौनसम्पर्कको क्रममा स्खलित हुँदा पुरुषले धेरै शुक्रकिटहरु रिलिज गर्छन् । ती शुक्रकिटमा केही मेल क्रोमोजोम हुन्छन् भने केही फिमेल । यसरी शुक्रकिट जब डिम्बसम्म पुग्छ केही परिस्थितीमा यसले डिम्बलाई फर्टीलाइज गर्छ ।

डिम्ब न्युट्रल हुन्छन् अर्थात न पुरुष न त महिला । डिम्बमा दुई ‘एक्स’ क्रोमोजोम्स मात्रै हुन्छन् भने शुक्रकिटमा ‘एक्स’ र ‘वाई’ दुवै क्रोमोजोम हुन्छन् । महिलाको एक्स क्रोमोजोम र पुरुषको वाई क्रोमोजोमको मिलन भएमा छोरा जन्मिन्छ भने महिलाको एक्स क्रोमोजोम र पुरुषको पनि एक्स क्रोमोजोम नै मिलन भयो भने छोरी जन्मिन्छ ।

महिला सँग कुनै सम्बन्ध नै नभएको छोरा या छोरीको बिषयमा सबै दोष आमालाइ नै थोपरिन्छ । केहि बर्ष अगाडिसम्म छोरी जन्माएकी आमालाई अपुत्र जस्ता अपशब्द प्रयोग गरिन्थ्यो । मेरो मम्मीले ३ वटी छोरी पछि छोरा जन्माउनुभएको थियो । 

मम्मीले विगतलाई स्मरण गर्दै भन्नुहुन्थ्यो हाम्रो परिवारमा छोराको चाह सबैलाई थियो तर ३ वटा सन्तान जन्माउदाँसमेत छोरी नै जन्मिए । समाजमा अनेक कुरा हुन थाल्यो । अर्को विवाह गरे छोरा जन्मन्छ भन्न थाले । आफुलाई पनि अर्को विवाह गरिदिन पाए छोरा जन्मन्छ कि भन्ने महशुस भएर श्रिमान समक्ष गएर भने जति बल गरेपनि श्रिमानले मान्नुभएन । भगवानले जे दिन्छन् त्यहि हात थाप्छु भनेर उहाँ आफ्नो बचनमा अडिग बस्नुभयो । 

हाम्रो बाबाले जस्तै सबैको बाबाले यो कुरा बुज्दैनन् । हाम्रा समाजका कति महिलाहरुले छोराको चाहमा श्रीमान बाडेका हामिले देखेका छौ । हालको अवस्थालाई नियाल्ने हो भने यो परम्परा कम हुदैँ आएको छ । छोराको चाहमा श्रीमानको विवाह गर्नु भन्दा छोराछोरी बराबरी भन्ने धारणालाई आत्मसाथ गर्ने अभिभावक धेरै छन् । 

छोरा, छोरी जे भएपनि समान सन्तुष्ट प्राप्त गरेका छौं भन्ने अभिभावकहरु पनि छन् तर अंश र वंशका लागि छोरा हुनैपर्छ भन्ने पुरातन मान्यतालाई धेरैजसो दम्पतीले त्याग्न सकेका छैनन् । 

कतिपय दम्पती छोराको जसरी आशा गर्छन त्यसरी नै छोरी होस् भन्ने आशा गर्न थालेका छन् । यो  चाह  धेरैजसो एक छोरा भएको दम्पतीले दोस्रो सन्तानको रुपमा छोरी चाहन्छन् । 

समयसँगै छोराछोरी बिचको विभेद अन्त्य हुदै आएपनि अझैपनि पहिलो सन्तान छोरा नै चाहने दम्पतीहरुको कमी भएको छैन ।

बुढेसकालको सहाराका लागि छोरा नै चाहिन्छ छोरी पराई घर जान्छे बुढेसकालको सहारा हुँदिन भनेर छोरीको अस्तित्वप्रति हेयभाव राख्नु पुरातन सोच र अज्ञानता हो । पुरातन सोच छाड्न नसकेको अभिभावकहरुले छोरालाई आफ्नो सुरक्षित भविष्यको बीमाको रूपमा लिएका हुन्छन् । जुन भविष्यमा पुरा नहुन पनि सक्छ । वृद्धावस्थामा सन्तानमा निर्भर भएका अभिभावकलाई छोराले फालेका र छोरीले पालेका कयौ उदाहरणहरु छन् हाम्रो समाजमा ।

अभिभावकको सुरक्षित भविष्यको लागी छोरीलाई विभेदको दृष्टिले हेर्ने नजर बदल्न आवश्यक छ । छोरा हुन् या छोरी, राम्रो शिक्षा र संस्कार दिनसके उनीहरू बाबुआमाको मात्र नभई समाज र देशकै भविष्य हुनसक्छन् । 

कुनै अभिभावकको एकमात्र सन्तान छोरीले अभिभावकप्रतीको जिम्मेवारी बहन गर्दा हाम्रो समाजमा छोरी त छोरा जस्तै रैछिन् भन्ने गरिन्छ । के छोराले मात्र जिम्मेवारी बोध गर्छन ।अभिभावकहरुले जबसम्म यो मानसिकताबाट माथी उठेर छोरा र छोरी समान हुन् भन्ने सार्मथ्य अभिभावकले सिर्जना गर्न सके  छोरा, छोरा जस्तै र छोरी, छोरी जस्तै लाग्न थाल्छ । त्यसपछि गर्भका साथ भन्न सक्नुहुन्छ “ छोरी, छोरी जस्तै छिन्, छोरा जस्तो होइन।”

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment