समयमै पहिचान नहुदा फोक्सो क्यान्सरबाट मृत्युहुनेको संख्या बढ्दो

महिला स्वास्थ्य

२०७६ कार्तिक १७ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-डा.सम्पुर्णमान तुलाधर

काठमाडौं- फोक्सोको क्यान्सर संसारभरि नै सबैभन्दा घातक क्यान्सर मध्ये एक हो । नेपालको सन्दर्भमा फोक्सो क्यान्सर लागेर  पुरुषको मृत्युहुने  प्रमुख कारण बनेको छ ।  कोलन , प्रोस्टेट र स्तन क्यान्सर  भन्दा बढी फोक्सो क्यान्सरले मृत्यु हुनेको दर बढ्दो छ ।

अमेरीकन क्यान्सर सोसाईटि (१९९९) का अनुसार  फोक्सो क्यान्सरका कारण १ लाख ५८ हजार ९ सय मानिसको मृत्यु भएको छ । ठूलो आन्द्राको क्यान्सरका कारण ५६ हजार ६ सय जनाको मृत्यु भएको छ भने स्तन क्यान्सरका कारण ४३ हजार ७ सय मानिसले ज्यान गुमाउनु परेको छ, त्यसैगरी प्रोस्टेट क्यान्सरका कारण ३७ हजार मानिसले ज्यान गुमाउँनु परेको  तथ्याङमा उल्लेख गरिएको छ । 

यू.के र यू.एस जस्तो विकसित राष्ट्रहरुमा पनि फोक्सो क्यान्सर लागेर पहिलो र दोस्रो चरणमा अस्पताल आउँनेको संख्या ३० प्रतिशत मात्र छ  भने नेपालको परिबेशमा ३ देखि ५ प्रतिशत व्यक्तिमात्र पहिलो र दोस्रो चरणमा जाचँ गराउँन आउँने गरेको पाईन्छ ।  

नेपाल जस्तै विकासउन्मुख राष्ट्रहरुमा रोगको पहिचान हुन नसक्नुनै मृत्युको मुख्यकारण बनेको छ । मैले हरेक हप्ता ३ देखि ८ जना सम्म फोक्सो क्यान्सरका  बिरामीको उपचार गर्ने गरेको छु, तर एक महिनामा एक दुई जना मात्र फोक्सो क्यान्सरको पहिलो चरणमा आउँने गरेका छन् । 

हाम्रो देशमा फोक्सो क्यान्सरको पहिलो चरणमै पहिचान हुन नसक्नुको कारण के हो भनेर अनुसन्धान गर्दै जादा प्रथामिक स्वास्थ्य सेवा चिकित्कसको कमि हुनु मुख्य कारणका रुपमा पाए । नेपालमा लगभग ३ करोड जनसंख्याका लागि १० जना मात्र छाती सर्जन रहेका छन् । 

कतिपय व्यक्तिहरुमा शुरुवाति चरणमा लक्षण समेत नदेखिने हुन्छ ।  सामान्य खोकी , खकारबाट रगत आउँदा , तौल घट्दा प्रायः मानिसहरुले बेवास्ता गरिरहेका हुन्छन्, वा कतिपय व्यक्तिहरु नजिकैको फार्मासिष्टमा गएर जाचँ गराई सामान्य औषधी सेवन गर्ने गर्दछन् भने कसैले चिकित्सकको सल्लाह अनुसार  छातीको एक्सरे गराउँदा छातीमा धब्बा देखाउँने गर्दछ जसलाई क्षयरोग र निमोनियाको संकेत मानि त्यहि अनुसराको उपचार गराईन्छ, तर कहिलेकाहि त्यस्ता लक्षणहरु फोक्सो क्यान्सरको पनि हुन सक्छन् । बिरामीले क्षयरोग र निमोनियाको उपचार गराईरहदा फोक्सो क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकेको हुन्छ ।


एक दिन मेरो साथीको बुबा पाखुराको दुखाई भएर अस्पताल जाचँ गराउँन आउनु भयो । उहाँ धुम्रपान गर्नुहुन्थ्यो  सुरुमा उहाँको त्यो दुखाई सामान्य मानीयो तर एक्स-रेमा सामान्य नभएर जटिल समस्या नै देखायो । परीक्षण गर्दै जादा फेोक्सोको  क्यान्सर देखि जुन चौथो चरणमा पुगिसकेको थियो ।  यो परिवारको लागि धेरै दुः खपूर्ण अवस्था थियो । केमोथेरापी र विकिरण मार्फत उपचारहरु पनि गरियो तर त्यसले कुनै प्रभाव परेन ।  क्यान्सरले बिरामीलाई बिस्तारै कमजोर बनाउदै लग्यो र रोग सँग लड्ने क्षमतामा ह्रास ल्यायो । 

फोक्सो क्यान्सर विश्वभर प्रसिद्ध व्यक्तिहरुको मृत्युको कारण बनेको छ । यसैगरि नेपालमा पनि पूर्व प्रधान्मन्त्री सुशिल कोईराला र महाकबि लक्ष्मी प्रसाद देवकोटाले  फोक्सो क्यान्सरका कारण ज्यान गुमाउँनु परेको थियो ।

एक जना मानिसको पहलमा मात्र फोक्सो क्यान्सरलाई  कम गर्न सकिदैन यसमा सबै व्यक्ति सहभागि भएर जनचेतना फैलाउँन जरुरी छ । विभिन्न संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेर आमनागरिक सामु पुर्याउन पनि उत्तिकै जरुरी रहेको छ ।  हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले नोभेम्बर महिनालाई फोक्सोको क्यान्सर सचेतना महिना रुपमा मनाइ रहेको छ ।  सो अवसरमा हस्पिटलले फोक्सो क्यान्सर परामर्सका लागि आम सर्वसाधारणलाई ओपिडी टिकट उपलव्ध गराईरहेको छ  साथै फोक्सो क्यान्सर सम्बन्धि बा्रेसरपनि वितरण गर्दै आईरहेको छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment