मेडिकल कलेजको शुल्क विवादबारे काउन्सिलले छानविन गर्ने 

महिला स्वास्थ्य

२०७६ कार्तिक १९ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा


काठमाडौं - मेडिकल कलेजहरुमा हुदैँ आइरहेको शुल्क विवाद सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले छानविन समिति बनाउने भएको छ । 

काउन्सिलले शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीलाई कुटपीट गर्ने, बन्धक बनाउने, डर, त्रास र धम्की देखाउने लगायतका विषयमा सम्बन्धित मेडिकल कलेजका सञ्चालक, प्राचार्य र प्रकाशकीय पदाधिकारीसँग छलफल गरी कारबाही पक्रिया अगाडि बढाउन आयोग पत्राचार गर्ने निर्णय गरेको छ।

काउन्सिलले समस्याग्रस्त मेडिकल कलेजमा स्थलगत अनुगमन गरी दोषी देखिए कारवाही गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

काउन्सिलले चिकित्सा शिक्षा र चिकित्सा व्यवसायसँग सम्बन्धित हरेक समस्याहरुलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ। 

काउन्सिलले जारी गरेको विज्ञप्ति यस्तो छ । 

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment