जाडोमा सुन्ताला खादाँ स्वास्थ्यमा हुने फाइदा

महिला स्वास्थ्य

२०७६ कार्तिक २१ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  सुन्तला मन नपराउने व्यक्ति सायदै कम हुन्छन् होला । जाडो महिनामा घाम ताप्दै सुन्तला खानुको मज्जा बेग्लै हुन्छ । सुन्तला खादा जति मिठो लाग्छ त्यसका फाईदाहरुपनि उत्तिकै रहेका छन् । सुन्तलामा धेरै मात्रामा  फाइबर, फोलेट, भिटामिन सी, पोटासियम र क्याल्सियम पाईन्छ । जसले गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । 

बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ ।  दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ ।

यस्ता छन् सुन्ताला खादा स्वास्थ्यमा हुने फाईदा

१. सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

२. सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।

३. सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ । 

४. सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ । यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ ।

५. सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ।

६. सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।
 

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment