धार्मिक आस्था बोकेको तुलसीको सेवनले स्वास्थ्यमा अनेक फाइदा

महिला स्वास्थ्य

२०७६ कार्तिक २२ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  हरिबोधिनी एकादशीका अवसरमा आज देशैभर नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो । साथै सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहि आएको छ ।

युगौ युगदेखि तुलसीको महत्व कायमै छ। तुलसी धार्मिक आस्थाको रुपमा मात्र परिचित नभई औषधीको हिसाबले पनि उत्तिकै प्रख्यात छ । 
 
तुलसीमा सयौ रोग निको पार्ने क्षमता रहेको बिशेषज्ञहरुको भनाई छ । यसको पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वपुर्ण छन् । यसको सेवनले भोक जगाउने, पाचनक्रिया बढाउनुका साथै झाडावान्ता रोक्ने जस्ता समस्याबाट राहत पाउन सकिने चिकित्सकहरु बताउँछन् । तुलसीको सेवनले विभिन्न रोगबाट बच्नका लागि निकै उपयोगी मानिन्छ । 

माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत पाउन सकिन्छ । नियमित रुपले यसको सेवनले टाउको दुखाई पुर्ण रुपमा निको हुनसक्छ । 

तनाव वा डिप्रेसन 

तनाव वा डिप्रेसनको समस्या भएमा दूधमा तुलसीको पातउमालेर सेवन गरे निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । 

हृदय रोगमा

दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । साथै यसले मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ । 

पत्थरीको समस्यामा

पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

दम रोगमा फाइदा

श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

धेरै दिशा लागेमा

तुलसीपातमा जाईफलको केहि भाग पिनेर खाएमा धेरै दिशा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ ।  

आउँ र शुल 

तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा आउँ र शुलबाट छुटकारा पाउन सकिन्छ । 

दिशामा रगत आएमा

केहि तुलसीको दाना आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा दिशामा रगत आउने समस्या ठिक हुन्छ ।

पाइल्स भएमा

तुलसीको पात  खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा पाइल्स ठिक हुन्छ ।

बालतोड् घाऊ भएमा

पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान र बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएमा  तुलसी पात र मरिचको दाना र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको समस्याबाट राहत पाउन सकिन्छ । 

सेवन गर्ने तरिका 

यसलाई औषधी बनाउनका लागि डेढ गिलास दूध उमाल्नुपर्छ ।  दूध उम्लन सुरु भएपछि  त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । केहि समय  सेलाएर  मन तातो भएपछि पिउन सकिन्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment