आधारभूत स्वास्थ्य संस्था सबैको पहुँचमा 

महिला स्वास्थ्य

२०७६ कार्तिक २२ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - सरकारले स्वास्थ्य संस्था नभएका स्थानमा स्वास्थ्य संस्था संरचना तयार गर्न अघिल्लो आर्थिक वर्षमा ५ अर्ब बजेट बिनियोजन गरिएको थियो । 

सातवटै प्रदेशका स्वास्थ्य संस्था १ हजार ३ सय ९० वडाहरुमा यसै वर्षभित्र स्वास्थ्य संस्था स्थापना गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिए ।   

उक्त स्वास्थ्य संस्था स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा नयाँ संरचना निर्माणका लागि ५ अर्ब बजेट बिनियोजन गरिएको थियो । 

स्रोतका अनुसार यस वर्ष प्रदेश १ का २ सय ४४ वडाहरुमा, प्रदेश नंं २ का २ सय ४५ वडा, प्रदेश नं ३ का १ सय ८८ वडा, प्रदेश नं ४ का १ सय ४३ वडा,  प्रदेश नं ५ का २ सय वडामा नयाँ स्वास्थ्य संस्था बनाउने तयारी भइरहेको छ । 

जसमध्ये अघिल्लो वर्ष १ हजार २ सय वडामा स्वास्थ्य संस्था बनाउने प्रक्रिया सुरु भैसकेको छ । बाँकी रहेका १ हजार ३ सय ९० वडामा यस वर्षबाट स्वास्थ्य संस्था स्थापना गर्न सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको स्रोतले बताए ।

प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था अनिवार्य स्थापना गर्ने नीतिअनुसार नयाँ संरचना निर्माण भइरहेको छ । आधारभूत स्वास्थ्य सेवा सबेको पहुँचमा पुरयाउने उदेश्यले सबै वडामा आधारभूत स्वास्थ्य संस्थाहरु निर्माणको काम भइरहेको स्रोतले बताए ।  

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment