रेडियोग्राफि के हो, रेडियोग्राफिद्धारा कसरी उपचार गरिन्छ ?   

महिला स्वास्थ्य

२०७६ कार्तिक २२ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - नोभेम्वर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका थिए । त्यसैले हरेक बर्ष  नोभेम्वर ८ ( आज) विश्वभरि रेडियोग्राफी र रेडिएशन थेरापीबारे  जनचेतना फैलाउने  गरिन्छ । 

रेडियोग्राफीलाई सामान्यतया एक्सरे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व रहेको छ ।  पछिल्लो समयमा केहि व्यक्तिहरुले रेडियोग्राफीलाई आफ्नो करियरका रुपमा अंगालेका छन् ।  उनिहरुले  एक्स रे गर्ने रेडियोग्राफर देखि एक्स रे रिपोर्ट बनाउने, एम. आर. आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफी जस्ता अत्याधूनीक एक्स रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरुको रुपमा परिचित छन् । 

एक्स रेको माध्यमबाट हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको पत्ता लगाउन सकिन्छ । फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्छ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2d 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुका साथै तिनीहरुमा सहज रक्तसञ्चार भए नभएको थाहा पाउन सकिन्छ ।

अल्ट्रा साउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्य स्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन सकिन्छ । 

रेडिएशन थेरापी मार्फत् अबुर्द रोगी (क्यान्सर) का विरामीहरुको समेत उपचार गरिन्छ ।  रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको चिकित्सकहरु बताउँछन् । 

कतिपय अवस्थामा एक्सरेमा काम गर्ने व्यक्ति र बिरामीमा नकारात्मक असर पर्न सक्छ । खासगरी, बच्चा, बुढाबुढीमा एनडिपी अर्थात् शरीरले पचाउन सक्ने रेडिएसनको मात्रा कम हुन्छ । त्यसैले, असर देखिन सक्छ । यसबाहेक, गर्भवतीलाई पनि रेडिएसनले चाँडो प्रभाव पार्ने भएकाले गर्भावस्थामा सकेसम्म एक्सरेको प्रयोग गरिँदैन । तर, गर्भवतीको अवस्था हेरेर र आवश्यकता अध्ययन गरेर मात्रै प्रयोग गर्न सकिन्छ । 

शरीरका कुन अंगमा कति रेडिएसन दिने भन्ने फरक हुन्छ । खासगरी संवेदनशील अंगमा यसको असर बढी पर्न सक्ने भएकाले प्रयोग गर्दा ध्यान पुयाउनुपर्ने हुन्छ ।

एक्सरेका क्रममा एनडिपीको मात्रा बढी उत्पन्न भएमा मानव शरीरमा हानि पुर्याउने जोखिम उच्च रहन्छ । जसले गर्दा दृष्टि कमजोर हुने, छालामा असर देखिने, क्यान्सर हुनेजस्ता सम्भावना रहन्छ । तर, कतिपय रेडियोग्राफी सेन्टर यसले पुर्याउन सक्ने असरबारे सचेत रहेको पाइँदैन । यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी छ ।

रेडियोग्राफी क्षेत्रमा काम गर्ने प्राय युवा वा वयस्क मानिस हुन्छन् । उनीहरूका लागि भने रेडिएसनबाट बच्न प्रोफेसनल डोज निर्धारित गरिएको हुन्छ । त्यसैले, स्वास्थ्यमा खासै असर गर्दैन । 
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment