हेपोनको २ दिने सातौं महाधिवेशन सुरु 

महिला स्वास्थ्य

२०७६ कार्तिक २२ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को ७ औँ महाधिवेशन आजदेखि शुरु भएको छ। 

संघको नयाँ नेतत्वका लागि सहअध्यक्षहरु ओमप्रसाद उपाध्याय र कृष्ण नागिलाले लबिङ सुरु गरेको छन् भने, वर्तमान अध्यक्ष रामजी घिमिरे नेतृत्व नछोड्ने पक्षमा देखिएका छन्। संघका सल्लाहकार धनप्रसाद पौडेल पनि अध्यक्षका लागि चर्चामा नै छन्।

यस्तै, महासचिव पदका लागि दिपक मुडभरी, दीपकराज भट्ट, देवराज लामिछाने, नवराज श्रेष्ठ, शंकर कँडेल, योगेन्द्र पन्जियारले आफ्नो लविङ सुरु गरेका छन्। 

हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो। 

महाअधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि सहभागि भएका छन् । संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आएका छन् । यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछन्। 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment